इन्जिनियर तथा आर्किटेक्टहरूका लागि खोप व्यवस्थापन गर्न स्वास्थ्यराज्यमन्त्रीको निर्देशन - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

इन्जिनियर तथा आर्किटेक्टहरूका लागि खोप व्यवस्थापन गर्न स्वास्थ्यराज्यमन्त्रीको निर्देशन

नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले इन्जिनियर तथा आर्किटेक्टहरुका लागि खोपको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेईए बागमती प्रदेशले माइतीघरस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माननीय स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठलाई आईतबार भेट गर्दै उक्त ध्यानाकर्षण गराएको छ ।

एशोसिएसनले महामारीको लहरमा समेत विकास निर्माणको कार्यमा अग्रपंक्तिमा रही आफ्नो सेवामा अहोरात्र खटिएका इन्जिनियर तथा आर्किटेक्टलाई प्राथमिकताको सूचीमा राखी तुरून्त खोपको व्यवस्था गर्न मन्त्रालयसँग माग गरेको नेईए बागमती प्रदेश सभापति ई. नन्दलाल बन्जाडेले इन्जिनियर्स पोस्टलाई बताए ।

बन्जाडेका अनुसार एशोशिएसनले ध्यानाकर्षण पत्र दिएसँगै राज्यमन्त्री श्रेष्ठले खोप व्यवस्थापन गर्नका लागि महानिर्देशक डा. दिपेन्द्ररमण सिंहलाई तत्कालै फोनमार्फत निर्देशन दिएका छन् ।

साथै खोप प्राप्तिका लागि अलगै खोप केन्द्रको समेत व्यवस्थापन गरिने विश्वाससमेत स्वास्थ्यराज्यमन्त्रीले दिएको ई. बन्जाडेले इन्जिनियर्स पोस्टलाई जानकारी दिए । उनले भने, ‘अब इन्जिनियर तथा आर्किटेक्टहरूले आ–आफ्नो नेपाल इन्जिनियर्स एशोसिएसन वा इन्जिनियरिङ काउन्सिलको सदस्यता कार्ड देखाएर खोपको सुविधा लिन सक्नेछन् ।’

Your Opnion

//