लुम्बिनी प्रदेशका भौतिक मन्त्री पाण्डेयले दिए राजीनामा - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

लुम्बिनी प्रदेशका भौतिक मन्त्री पाण्डेयले दिए राजीनामा

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले राजीनामा दिएका छन्।

एक विज्ञप्ति जारी गर्दै उनले सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त ठानेर राजीनामा दिएको बताएका छन् ।

उनी वैशाख ६ गते ​जसपाबाट मन्त्री बनेका थिए । उनले लुम्बिनी प्रदेश सरकारको सरकार संचालनको तरिका भिन्न भएको भन्दै सरकारसँग असन्तुष्टिसमेत पोखेका छन् ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि बुधबार प्रदेशसभाको विशेष अधिवेशनमा छलफल हुँदैछ ।

Your Opnion

//