पोखरा महानगरपालिकाका इन्जिनियर बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

पोखरा महानगरपालिकाका इन्जिनियर बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

फाइल तस्बिर

काठमाडौं/ २० वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाका इन्जिनियर शिवप्रसाद बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीबाट उनीहरूले डेढ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको जनाउँदै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा पोखरा महानगरपालिकाका सबइन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर रहेका छन् ।

पोखरा महानगरपालिकामा रोकाया र कुँवरसहितले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि अख्तियारले उनीहरूमाथि निगरानी बढाएको थियो ।

पोखरास्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले २०८० चैत २८ गते उनीहरूलाई सेवाग्राहीबाट एक लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा उक्र घटनामा पोखरा महानगरपालिकाका इन्जिनियर बरालको पनि संलग्नता पाइएको अख्तियारले बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

अनुसन्धानमा रोकाया र कुँवरसमेतको मिलेमतोमा घर निर्माण सम्पन्न प्रमाणपत्र दिनका लागि तीन लाख ५० हजार रुपैयाँ घुस मागेको र दुई लाख रुपैयाँ इन्जिनियर बरालले बुझेको पाइएको अख्तियारले जनाएको छ ।

अख्तियारले दायर गरेको मुद्दामा उनीहरूसँग तीन लाख ५० हजार रुपैयाँ बिगो दाबी गरेको छ ।

Your Opnion

//