भ्रष्टचारको प्रमुख कारण परिवारको दवाव र प्रभाव - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

भ्रष्टचारको प्रमुख कारण परिवारको दवाव र प्रभाव

हाम्रो समाजमा कमाउने एकजना हुन्छन् खाने धेरै हुन्छन् । त्यसकालागि उसले बढि पैसा कमाउने कोशीश गर्छ । जति ओहोदा बढ्दै गयो उती नै बढि पैसा कमाउने अबसर बढ्दै जान्छ । नेपालमा कर्मचारीले घुस खाने कारण पनि यहि हो । आफ्ना आबश्यकता र चाहना बढि हुन्छन् । अनि ती चाहनाहरु पुर्ति गर्न बिभिन्न तरिकाबाट कसैको काम मिलाइदिने या छिटो काम गरिदिने बहानामा घुसको पैसा लिइन्छ ।

बिशिष्टतहका कर्मचारी या मन्त्री , प्रधानमन्त्रीको हातमा असिमित अधिकार हुन्छ । यहि अधिकारको दुरुपयोग गरि भ्रष्टचार गरि पैसा कमाउंछन् । हामीले अहिलेसम्म हेर्दा परिवारका सदस्य खासगरि श्रीमतीको दवाबमा श्रीमानहरुले अबैध तरिकाबाट पैसा कमाएर श्रीमतीलाई खुसि पार्ने प्रयास गर्छन । नेपालमा पंचायति ब्यबस्था भइन्जेल कर्मचारीले अलि अलि पैसा कमाएपनि नेता त्यति भ्रष्ट भएको सुनिदैन थियो । राजदरबारमा काम गर्ने माथिल्लो तहमा हुने राजाका वरिपरिका सल्लाहकारले भने अप्रतक्ष्यरुपमा फाइदा लिएका हामीले देखेका छौं सुनेका छौं । खासगरि कसैको काम मिलाए बापत कमिसन लिएर महलहरु ठड्याएका थिए ।

बहुदलिय ब्यबस्थामा भने भ्रष्टचार खुलारुपमा अघि बढेको देखिन्छ । हामीले पूर्ब प्रधानमन्त्रीहरुलाई हेरेपनि यो कुरा प्रष्ट हुन्छ । बिपि कोइरालाको २ बर्षे शासनकालमा उन्ले भ्रष्टचार गरेको इतिहास पाइदैन । वाहाँकी श्रीमती सुशीला कोइराला भद्र र राजनीतिमा कुनै चाख नभएको र श्रीमानको कार्यमा कहिल्यैपनि हस्तक्षेप गर्नु भएन भन्ने सुनियो । कृष्णप्रसाद भट्टराइ एउटा धार्मिक स्वभावको सादगी जिन्दगी बिताउने अबिबाहित नै रहनु भयो । मनमोहन अधिकारी सिधा प्रबृतिको सादगि जिन्दगी बिताउने कुनै भ्रष्टचारमा दाग लागेको पाइएन । वाहाँको श्रीमती साधना प्रधानले कहिल्यै पनि श्रीमानको कार्यमा हस्तक्षेप गर्नु भएन ।

२०४७ सालमा आएको बहुदलिय ब्यबस्था पछि आएको काँग्रेसको सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालादेखि नेपालमा भ्रष्टचारको जरो गाडियो । सुरुमा वाहाँको साथमा वाहाँकी भाउजु नोना कोइराला हुनुहून्थ्यो । त्यतिखेर आफ्ना मन्त्रीहरुबाट कमिसन लिएको कुरा सुनिन्थ्यो । त्यतिखेरका शक्तिशाली गृहमन्त्री खुमबहादुर खड्काबाट बोरामा पैसा आउंथ्यो भनेर सुनिएको थियो । पछि गिरिजा पुत्री सुजाता जोष्ट (कोइराला ) जर्मनबाट फर्केर बालुवाटार छिरेपछि सबैतिरको कमिसन र नियुक्तिमा प्रतक्ष्य हात हालेको कुरा सुनिन्थ्यो । त्यतिखेर लाउडा, धमिजा जस्ता ठुला भ्रष्टचारका काण्डले देशमा तहल्का नै मच्चायो । गिरिजाकै पालामा काँग्रेस फुटेपछि भएको मध्यवधि निर्बाचन पछि देशमा अल्पमतको कमजोर सरकार भएर तश्करि, कालाबजारिया, र भ्रष्टचारले उग्ररुप लियो ।

प्रधानमन्त्री केपि ओलीको पहिलो प्रधानमन्त्री कालमा राम्रो काम भएको थियो । त्यतिखेर बिकासका केहि राम्रा योजनाहरु अघि बढेका थिए । दोश्रो कार्यकालमा भने केहि उद्योग पति र तश्करहरुलाई फाइदा पु¥याउने काम वाहाँबाट भएको पाइयो । तर के पि ओलीको श्रीमतीले पनि श्रीमानको कामममा कहिल्यैपनि हस्तक्षेप गर्नु भएको देखिएन । पूर्ब प्रधानमन्त्री झलनाथ खनालको समयमा त्यति भ्रष्टचार भएको पाइएन । वाहाँले आफ्ना छोरालाई भैरहवा एयरपोर्ट बनाउने ठेक्का मिलाएको र अन्य ब्यापारमा सहयोग पु¥याएको सुनियो । माधव नेपालले ललीता निवास काण्डमा सरकारी जग्गा माफियाको सल्लाहमा निजि बनाउने काम गरेर देशलाई घाटा पार्ने काम गरेपनि वाहाँको श्रीमतीबाट श्रीमानलाई हस्तक्षेप गरेको सुनिएन ।

युवाहरुलाई आन्दोलनमा होमेर आफु भारतमा बसेर नेपाली नेपाली लढाएर सत्तामा पुगेर बारम्बार प्रधानमन्त्री भएका पूष्पकमल दाहाल प्रचण्डले नेपालमा राष्ट्रघातका जघन्य अपराध गर्नु भएको छ । निर्दोष नेपाली नागरिकलाई गाउँ ,शहर छोड्न र मर्न बाध्य पारेर आफु भारतमा सुरक्षित बस्नु भयो । १२ बुंदे सम्झौता भाारतमा गराएपछि प्रचण्ड नेपालको सत्ताको पुग्नु भएको हो । अहिले सत्ताको चस्नीमा मस्त डुब्नु भएको छ । वाहाँको क्यान्टोनमेन्ट भ्रष्टचार देखि सुन काण्ड , एनसेल काण्ड जस्ता धेरै भ्रष्टचारका काण्ड छन् । वाहाँलाई पनि श्रीमतीबाट त्यति हस्तक्षेप भएको बुझिएन तर छोरी गंगा दाहालको नाम एनसेन भ्रष्टचार घटनामा निकै जोडिएर आयो ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुंदा उहाँकी श्रीमती हिसिला यमीको नाम भ्रष्टचारमा निकै जोडिएको थियो । प्रमुख नियुक्तिहरुमा पनि हिसिला यमीको हस्तक्षेप भएको कुरा बारम्बार बाहिर आएको थियो ।

अहिले प्रमुखरुपमा भ्रष्टचारमा जाडिने महिला आर्जु देउवा भएकी छन् । शेरबहादुर सुदुर पश्चिमको साधरण मध्यम बर्गिय परिवारको मानिस गृहमन्त्री हुनुभन्दा पहिला साथीहरुले किनिदिएका लुगा लगाउँ थिए भनेर सुनिएको थियो । आर्जु राणा पनि त्यति सम्पन्न महिला नभएपनि आइएनजिओ चलाएर आफ्नो जिविका चलाउंदै आएकी महिला हुन । वाइडबढि, एनसेल काण्डमा संलग्न शेरबहादुर गाँसिएका छन् । अहिले जति पनि भ्रष्टचारका काण्ड छन , ती सबैमा आर्जु राणाको नाम जोडिन्छ । भुटान शरणार्थी काण्डमा उनी संगै बालकृष्ण खाँणकी श्रीमती मन्जु खाँणको नाम आएपछि सिआइवि को छानबीन नै रोकियो । कुनैपनि ठेक्कामा कमिसन लिन होस या कसैलाई कहिँ नियुक्त गरिंदा होस उन्को प्रभाव र कमिसन नभएको प्राय हुंदैन भनिन्छ । अहिले केहि समय भयो शेरबहादुर सत्ता बाहिर भएको नत्र उन्को चुरिफुरि निकै बढिनै देखिन्थ्यो । आर्जु देउवाले कमिसन जम्मा गर्नको लागि बबर महलमा कार्यलय नै खोलेको पनि सुनिन्छ । अहिले पहिला जस्तो प्रतक्ष्य नगद लिन कठिनाइ हुने र ब्याँकमा जम्मा गर्न पनि श्रोत खुलाउने पर्ने हुंदा यस्ता कारोबार सिंङगापुर दुबइ तिर हुने गर्छ भनिन्छ । त्यस्मा अहिले शेरबहादुरका छोराको नाम पनि जोडिन थालेको छ । अहिले बिभिन्न शेयरमा पनि शेरबहादुरको परिवारको ठुलो भाग छ भन्ने मिडियामा आइरहेका छन् ।

त्यसैले जबसम्म यी देशका प्रमुख भ्रष्टहरुलाई कारबाहि गरेर जेल हाल्न सकिदैन तबसम्म यो देशमा किसान , युवाको भविष्य छैन । अहिलेका भ्रष्ट नेताबाट रोजगारका कुनै आयोजना बाहिर ल्याउने प्रयास नै हुंदैन । किसानको हितमा मल कारखाना , सिचाइका आयोजना, ब्यबसायिक कृषि खेतिमा लगानि , अनुदान , शिप सिकाउने बृहत आयोजनाहरु कहिल्यै अघि बढाइदैन । शिर्फ दलाल ब्यापारिको पक्षपोषण गरेर कमिसन असुल्ने ध्याउन्नमा मात्र लागेका छन् प्रमुख नेताहरु । खाद्यान्नमा आत्मनिर्भर हुने त शिर्फ भांषणमा मात्र हुन् । राम्रा र क्षमतावान ब्यक्तिलाई काम गर्ने अबसर नै दिइदैन । उनीहरुलाई बिदेश भासिन बाध्य पारिन्छ । अनि शिर्फ लठैत, झोले र दलाल प्रबृतिका युवाहरुमात्र दलका नेताका वरिपरि राखेर उनीहरुको दुरुपयोग गरिन्छ ।

यी सत्ता र परिवारका दासहरु जो शिर्फ जोइटिङग्रे भएर सत्तामा आसिन हुने र जनता लुट्नेबाट जनताले आस गर्न छोडिसके । आफु बिग्रेर भएपनि सन्तानले देश हितमा राम्रो गरोस भन्ने चाहनासम्म यी बिदेशी दलालसंग छैन । नेताका आफ्ना छोराहरुलाई पनि यस्तै अबैध ब्यापार , सुन तश्करमा लगाएर नया पुस्ताको पनि भविष्य तवाह पार्ने कार्य यी भ्रष्ट नेताबाट भइरहन्छ । त्यसैले सक्षम र इमान्दार तथा जोशिला युवाहरु जागौ र सत्ताको चावि आफै लिने गरि अघि बढौं ।

हाल— अष्ट्रेलिया
२०८१ बैसाख २७

Your Opnion

//