About Us - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

दिनानुदिन इन्जिनियरिङ क्षेत्रले व्यापकता पाइरहेको छ । यसका सीमा, परिधि र आयामहरू फराकिलो बन्दै गइरहेका छन् । जसरी इन्जिनियरिङ बहुआयामिक छ त्यसरी यसले मूलधारको पत्रकारितामा स्थान बनाउन सकेको छैन । सञ्चारमाध्यममा इन्जिनियरसँग सम्बन्धित भ्रष्टाचारबाहेकका समाचार खासै आएको पाइँदैन । यस्ता समाचारले एकातर्फ इन्जिनियरप्रतिको दृष्टिकोण नकारात्मक बनिरहेको छ भने अर्कोतर्फ उनीहरूको कामको विश्वसनीयता पनि गुम्दै गइरहेको छ । सीमित व्यक्तिका विषयमा आउने यस्ता समाचारले सिंगो इन्जिनियरिङ क्षेत्रलाई दुर्गन्धित बनाउँदा भविष्यमा इन्जिनियर बनेर राष्ट्रिय विकास–निर्माणमा टेवा पुर्याउने सपना बुनेका युवा पाइलाहरू कसरी अगाडि बढ्लान् ?
त्यसको समाधानका निम्ति हामी आइपुगेका छौँ । प्रमोसन मल्टिमिडिया एन्ड प्रडक्सन हाउसमार्फत संचालनमा आएको इन्जिनियर्स पोस्ट डटकमको मुख्य उद्देश्य इन्जिनियरिङ पत्रकारिताको व्यवसायिक अभ्यास गर्नु हो । हामी इन्जिनियरिङ क्षेत्रसँग सम्बन्धित हरेक विषयको सूचना, समाचार, विचार तथा जानकारी प्रदान गर्नेछौँ । यस क्षेत्रको व्यापकतासँगै बढ्दै गइरहेको कुरीति र भ्रष्टाचार मात्र होइन, यस क्षेत्रमा भइरहेका सकारात्मक कार्यलाई पनि स्थान दिनेछौँ । हाम्रो प्रयास लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउने मात्र होइन, लुकाइएका अनियमिततालाई समेत बाहिर ल्याउनेमा केन्द्रित हुनेछ ।
हामी इन्जिनियरिङ शिक्षा, व्यवसाय, विकास, पूर्वाधार तथा निर्माण, उद्योग, विज्ञान तथा प्रविधिलगायतका हरेक इन्जिनियरिङ क्षेत्रमा कलम चलाउँछौँ । अर्थात्, जुन क्षेत्र इन्जिनियरिङअन्तर्गत पर्दछ, त्यहाँ हाम्रो पनि कुनै न कुनै रूपमा उपस्थिति रहने छ । इन्जिनियरिङ क्षेत्रका गतिविधिलाई मूलधारमा ल्याउने र पत्रकारितामा पहिलो व्यवसायिक इन्जिनियरिङ पत्रकारिताको छाप छाड्ने हाम्रो लक्ष्य हो ।
इन्जिनियर्स पोस्टमार्फत इन्जिनियरिङ क्षेत्रको पत्रकारितामा हामी तपाईंको साथ चाहन्छौँ । आउनुस्, हातेमालो गरौँ ।

Your Opnion

//