महाकवि देवकोटाको घर भत्काउनुको कारण पेश गर्न सर्वोच्चको आदेश - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

महाकवि देवकोटाको घर भत्काउनुको कारण पेश गर्न सर्वोच्चको आदेश

महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काउनुको कारण पेश गर्न सर्वोच्च अदालतले नेपाल प्रज्ञा प्रतिष्ठानसँग लिखित जवाफ माग गरेको छ ।

अधिवक्ता सञ्जय अधिकारीले पूरातात्विक महत्वको घर भत्काएको भन्दै सर्वोच्चमा निवेदन दर्ता गरेका थिए । निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले यस्तो आदेश दिएको हो ।

निवेदनमा पूरातात्विक महत्वको घर भत्काउनु गलत भएको कुरा उल्लेख गरिएको छ । निवेदनमा महाकविसँग जोडिएको धरोहर नाश हुने भएकाले संरक्षण गर्न आदेश माग गरिएको थियो । तर, सर्वोच्चले सो आदेश भने दिएन ।

प्रज्ञा प्रतिष्ठानले कवि कुञ्जको रुपमा चिनिएको मैतीदेवीस्थित देवकोटाको घर भत्काएर अर्को घर बनाउने तयारी गरेको छ । घर नभत्काई रेट्रोफिटिङ गर्नुपर्ने भन्दै सामाजिक संजालमा यसको विरोध भइरहेको छ ।

Your Opnion

//