दशकअघि निर्माण थालिएको पुल अलपत्र - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

दशकअघि निर्माण थालिएको पुल अलपत्र

कैलालीको भजनी नगरपालिका–५ र ३ वडाको सीमा भएर बग्ने कान्द्रा नदीमा निर्माण थालिएको पुल एक दशकदेखि अलपत्र छ ।

पुल नबन्दा स्थानीयवासी जोखिम मोलेरै डुङ्गाबाट नदी तर्दै आएका छन् । भजनी नगरपालिका, स्वास्थ्य चौकीलगायत स्थानमा आउजाउ गर्न डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नु परेको भजनी–५ लालबोझीका रतनराज रेग्मीले बताए ।

सो नदीमा एक दशकअघि निर्माण थालिएको पुल अलपत्र हुँदा बर्खायाममा नदीमा अत्यधिक बाढी आएका बखत आवतजावत नै बन्द हुने जानकारी दिँदै उनले भने, “बाढीका कारण डुङ्गा नचल्दा बिरामी र सुत्केरीलाई अस्पताल लैजान समस्या हुने गरेको छ ।” बर्खायामका तीन महिना बालबालिका, महिला र वृद्धवृद्धालाई नदी तर्न समस्या हुने गरेको छ । डुङ्गाको यात्रा जोखिमपूर्ण हुने भएकाले काम विशेषले नगरपालिकालगायत अन्य स्थानमा जाँदा बेलुकी घर नपुगेसम्म घरपरिवार चिन्तित हुने गरेका उक्त नगरपालिका–५ का डम्मर जैसीले बताए ।

डुङ्गामा सो नदी तर्दा एकपटकको १० र मोटरसाइकलसहित भए ३० शुल्क तोकिएको छ । हुलाकी राजमार्गअन्तर्गत भजनी–५ र ३ ठेकी जोड्ने उक्त नदीमा पुल निर्माणका लागि २०६८ साल जेठ ३१ मा निर्माण कम्पनी लामा–शाल्पा–शेर्पा–विरुवा जेभीसँग सम्झौता भएको थियो । तेस्रोपटक थपिएको अवधि सकिँदा पनि निर्माण कम्पनीले पुलका चारवटा स्पानमध्ये दुईवटाको काम मात्र सम्पन्न गरेको जनाइएको छ ।

सय मिटर लामो र सात दशमलव दुई मिटर चौडो सो पुलको लागत चार करोड ४३ लाख रहेको छ ।

Your Opnion

//