इन्जिनियरहरुको भेलामा प्रधानमन्त्रीले न गरे इन्जिनियरिङ क्षेत्रका कुरा, न इन्जिनियरका कुरा - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

इन्जिनियरहरुको भेलामा प्रधानमन्त्रीले न गरे इन्जिनियरिङ क्षेत्रका कुरा, न इन्जिनियरका कुरा

प्रोगेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) को आयोजनामा काठमाडौंमा भएको ‘बृहत इन्जिनियरिङ भेला’ मा एक घण्टाभन्दा बढी समय भाषण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले इन्जिनियरिङ क्षेत्रको बारेमा भने एक शब्द पनि बोलेनन् ।

‘विज्ञान र प्रविधि विकासको मूलमन्त्रः समृद्द नेपालको लागि बौद्दिक संयन्त्र, इन्जिनियरहरुको आह्वानः समृद्द नेपाल खुसी नेपाली निर्माणमा योगदान’ भन्ने मूल नारा रहेको भेलामा प्रधानमन्त्री ओलीले इन्जिनियरहरुलाई यी पक्षमा कतै पनि जोडेनन् । बरु प्रचण्ड, माधवकुमार नेपाल र प्रचण्ड–माधव पक्षका अन्य नेतालाई गाली गरेर समय बिताए ।

भेलाको नारा र भेलालाई इन्जिनियरहरुको महत्वपूर्ण कार्यक्रमका रुपमा लिइएको भए तापनि अपेक्षाविपरित प्रधानमन्त्री ओलीले एक घण्टाभन्दा लामो समय राजनीतिक भाषण र गालीगलौचमा विताउँदा इन्जिनियरिङ क्षेत्र, इन्जिनियरहरुको समस्या, हकहितका बारेमा ५ मिनेट बोल्ने फुर्सदसमेत पाएनन् ।

सोमबार राजधानीमा सम्पन्न भेलामा प्रधानमन्त्री ओलीले न इन्जिनियरलाई सरकारको हेर्ने दृष्टिकोणबारे केही बोले न पूर्वाधार विकासमा इन्जिनियरको सहयोगको अपेक्षा नै गरे ।

उनले अन्तिममा भेलामा गठन भएको आफू पक्षीय पिनको केन्द्रीय सदस्यको संख्या सोधे र शुभकामना छ है मात्र भने । भेलामा सहभागीहरुले प्रधानमन्त्रीले कतिबेला आफूहरुका विषयमा बोल्लान् भनेर कान ठाडो पारेर बसिरहे पनि उनले त्यसतर्फ ध्यान नै दिएनन् ।

भेला अवधिभर प्रधानमन्त्रीले एक–दुई पटक मात्र इन्जिनियरको नाम लिए । त्यो पनि यसअघि झलनाथ खनालले भाषणमा धरहरा इन्जिनियरहरुले बनाएका हुन् भन्ने आशयलाई ब्यङ्ग्य गर्नका लागि मात्र ।

Your Opnion

//