जनकपुरधाममा राष्ट्रिय इन्जिनियर संघको बृहत भेला सम्पन्न, इन्जिनियरिङ क्षेत्रबारे बहस - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

जनकपुरधाममा राष्ट्रिय इन्जिनियर संघको बृहत भेला सम्पन्न, इन्जिनियरिङ क्षेत्रबारे बहस

जनता समाजवादी पार्टी समर्थित राष्ट्रिय इन्जिनियर संघको भेला जनकपुरधाममा सम्पन्न भएको छ । प्रदेश २ का ८ जिल्ला र देशका विभिन्न स्थानबाट इन्जिनियर तथा इन्जिनियरिङ संघ–संस्थाको सहभागीता रहेको भेलाको उद्घाटन जसपाका अध्यक्ष महन्थ ठाकुरले गरेका थिए ।

भेलामा जसपा वरिष्ठ नेता राजेन्द्र महतो, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, शरतसिंह भण्डारी, अनिलकुमार झा, ई. राजकिशोर यादव, ई. उमाकान्त झा, ई. सर्वेन्द्र शुक्ला, प्रदेश २ का भौतिक योजना तथा निमार्णमन्त्री जितेन्द्र सोनल, नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) का पूर्वअध्यक्ष ई. ध्रुव थापा, नेईएका वर्तमान महासचिव ई. छविराज पोख्रेल, सेन्टर फर डेमोक्रटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्ष ई. उमेश थानी आदिको सहभागिता थियो । भेलाको अध्यक्षता संघका अध्यक्ष ई. भगवान झाले गरेका थिए ।

भेलामा बोल्ने अधिकांश वक्ताले विकास, निर्माण, पूर्वाधार विकासदेखि राज्यको हरेक तह र तप्कामा इन्जिनियरिङको महत्व र आवश्यकता औँल्याएका थिए । इन्जिनियरिङ संघ, संस्थाबाट प्रतिनिधित्व गर्ने इन्जिनियरहरुले इन्जिनियरिङ क्षेत्रको समस्या, चुनौती र सम्भावनाबारे आ–आफ्नो धारणा राखेका थिए ।

इन्जिनियरहरुको समस्या सुनेका जसपाका अधिकांश नेताहरुले इन्जिनियरिङ क्षेत्रलाई माथि ल्याउन र इन्जिनियरहरुको पेसागत हक–हितका लागि आफूहरुले पहल गर्ने आश्वासन दिएका थिए ।

सो अवसरमा हजारभन्दा बढी इन्जिनियरहरुको सहभागीता रहेको संघका अध्यक्ष ई. भगवान झाले इन्जिनियर्स पोस्टलाई जानकारी दिए । उनका अनुसार भेलामा विभिन्न निकायमा काम गरेका वरिष्ठ इन्जिनियर र स्थानीय तहका काम गर्ने ५० जना इन्जिनियरहरुलाई सम्मान गरिएको थियो ।

भेला समापन भएलगत्तै झाले इन्जिनियर्स पोस्टसँग कुरा गर्दै भने, ‘जनकपुरधाममा इन्जिनियरहरुको भेला ऐतिहासिक रह्यो । हजारौँ इन्जिनियरहरुको सहभागीता र जसपाको नेतृत्व तहबाट आएको प्रतिक्रियाले सिंगो इन्जिनियरिङ क्षेत्र उत्साहित भएको छ ।’ साथै, उनले भेलाबाट इन्जिनियरहरु मिलेर अघि बढ्नुपर्छ भन्ने सन्देश मिलेको बताए ।

Your Opnion

//