विश्वकै पहिलो दुई तले ‘थ्रिडी प्रिन्टेड’ घर निर्माण - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Interesting

विश्वकै पहिलो दुई तले ‘थ्रिडी प्रिन्टेड’ घर निर्माण

बेल्जियम कम्पनी क्याम्प सिले थ्रिडी प्रिन्ट गरेर दुई तले घर निर्माण गरेको छ । भवन निर्माण उद्योगलाई प्रोत्साहन गर्न, टिकाउ र नयाँपन दिनका लागि कम्पनीले यस्तो संरचना डिजाइन गरेको हो ।

घर निर्माण गर्दा युरोपको सबैभन्दा ठूलो थ्रिडी कंक्रिट प्रिन्टर प्रयोग गरिएको थियो । जुन युरोपको सबैभन्दा ठूलो सिमेन्ट प्रयोग गर्ने प्रिन्टरबाट बनाइएको हो । सो घर संसारकै पहिलो थ्रिडी प्रिन्टेड घर रहेको कम्पनीले जनाएको छ ।

घरको थ्रिडी डिजाइन प्रिन्ट गर्न केबल १५ दिन लागेको थियो भने पुरै घर निर्माण गर्न ३ हप्ता समय लागेको थियो । परम्परागत घर निर्माण विधिको तुलनामा यसमा ६० प्रतिशतभन्दा कम सामग्री प्रयोग भएको र अन्य भवनभन्दा तीन गुणा बलियो हुने दाबी कम्पनीले गरेको छ ।

यसअघि भवन निर्माण गर्दा प्रयोग हुने सामग्री प्रयोग गरिएका छैनन् । पहिला प्रयोग भएका सामग्रीहरु प्रयोग नगरी यो संरचना निर्माण हुनु यस घरको मुख्य विशेषता हो ।

कम्पनीकाअनुसार यसरी घर निर्माण गर्दा थोरै कामदारको प्रयोग गरिन्छ भने घरले ५० प्रतिशतभन्दा कम कार्बन उत्सर्जन गर्छ । साथै, पर्यावरणलाई ठूलो फाइदा पुग्ने कम्पनीको दाबी छ । टिकाउ क्षमता र गुणस्तर मूल्यांकनका लागि बेल्जियममा निर्माण गरिएको यो नमुना घर हो ।

संसारमा हालसम्म थ्रिडी प्रिन्ट गरेर बनाइएका दुई तले घरहरु मात्र निर्मित छन् । सन् २०१९ मा दुबईले विश्वकै सबैभन्दा ठूलो दुई तले थ्रिडी प्रिन्टेड भवन बनाउने निर्णय गरेको थियो भने २०३० सम्ममा करिब २५ प्रतिशतभन्दा बढी थ्रिडी प्रिन्टेड घर बनाउने लक्ष्य राखेको छ ।

युरोपियन मुलुक फ्रान्स, बेल्जियमलगायतका देशमा यसरी घर निर्माण गर्ने चलन सुरु भएको छ । फ्रान्समा प्राकृतिक प्रकोपमा परेका पीडितहरुका लागि सेल्टर होमको रुपमा केही थ्रिडी प्रिन्टेड आवास निर्माण भएका छन् । यसैगरी मेक्सिकोमा पनि हालसम्म यस्ताखाले ५० घरहरु गरिब परिवारका लागि भनेर निर्माण गरिएका छन् ।

Your Opnion

//