गर्लफ्रेन्डको जन्मदिन मनाउन इन्जिनियरले चोरे अर्कै महिलाको इयररिङ - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Interesting

गर्लफ्रेन्डको जन्मदिन मनाउन इन्जिनियरले चोरे अर्कै महिलाको इयररिङ

नयाँ दिल्लीको शाहदरा जिल्ला मानसरोवर पार्कस्थित बीएसईएसमा कार्यरत एक जुनियर इन्जिनियर आफ्नी प्रेमिकाको जन्मदिन मनाउन लुटेरा बनेका छन् । आफ्नी प्रेमिकाको जन्मदिन मनाउन आफूसँग पर्याप्त पैसा नभएपछि ती इन्जिनियरले बुलेट बाइकमा सवार हुँदै एक अपरिचित महिलाको कामबाट सुनको गहना चुडेर भागे । त्यसलाई बेचेर आफ्नी प्रेमिकाको जन्मदिन धुमधामसँग मनाएको प्रहरीले जनाएको छ । हाल आरोपित इन्जिनियरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीकाअनुसार पक्राउ पर्नेमा ज्योतिनगर निवासी–३१ वर्षीय ई. मोहित गौतम रहेका छन् । प्रहरीसँगको बयानका क्रममा आरोपित ई. गौतमले प्रेमिकाको जन्मदिन मनाउन आफूसँग पैसा नभएको र परिवारका सदस्यले पनि पैसा दिन नमान्दा आफू लुटेरा बन्नुपरेको बताएका छन् ।

प्रहरीले आरोपित ई. गौतमले प्रयोग गरेको बुलेट बाइक बरामद गरेको छ भने उनीमाथि थप छानबिन अघि बढाएको छ । आरोपित इन्जिनियरले २३ जुलाइमा एक महिलाको कामबाट सुनका गहना लुटेका थिए ।

पीडित महिलाले सोहि दिन प्रहरीसमक्ष उजुरी दिएकी थिइन् । उजुरी र सीसीटीभी क्यामेरा फुटेजका आधारमा प्रहरीले आरोपित ई. गौतमलाई बुधबार पक्राउ गरेको थियो । –एजेन्सी

Your Opnion

//