जोर्डनका इन्जिनियरहरु प्रति ब्यक्तिमा विश्वव्यापी रुपमै शीर्ष स्थानमा - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Interesting

जोर्डनका इन्जिनियरहरु प्रति ब्यक्तिमा विश्वव्यापी रुपमै शीर्ष स्थानमा

एसिया महादेशको मध्यपूर्वी मुलुक जोर्डनमा हरेक ४० जोर्डन नागरिकमध्ये १ जना इन्जिनियर हुन्छन् । उनीहरुमध्ये २५ प्रतिशत इन्जिनियरहरु मात्र बेरोजगार रहेको जोर्डन टाइम्सले उल्लेख गरेको छ ।

जोर्डनियन इन्जिनियर्स एसोसियसन (जेईए)काअनुसार जोर्डन एक यस्तो मुलुक हो जहाँ इन्जिनियरहरुको पर क्यापिटा (प्रति ब्यक्ति) मा विश्वव्यापी रुपमै शीर्ष स्थानमा छ ।

‘जोर्डनका सबै इन्जिनियरहरुमध्ये बेरोजगार इन्जिनियरहरुको औसत संख्या २५ प्रतिशत छ । तर बेरोजगारहरुको संख्या भने विषय विशेषज्ञताअनुसार फरक छ’ जेईएका ट्रेनिङ एण्ड इम्प्लोयमेन्ट तारेक मोमानीले भनेका छन् ।

जोर्डनको तथ्यांक विभागकाअनुसार सन् २०२० सम्ममा जोर्डनको कुल जनसंख्या १ करोड ६५ लाख ८१ हजार रहेको छ । जोर्डनका ६.६ मिलियन नागरिकसँग जोर्डनको पासपोर्ट छ भने त्यसमध्ये जोर्डनका १ लाख ७८ हजार इन्जिनियरहरुसँग जोर्डनको पासपोर्ट छ । त्यसैले हरेक ४० जोर्डन नागरिकमध्ये १ व्यक्ति इन्जिनियर हुन्छ ।

जेईएका अध्यक्ष अहमद जौविकाअनुसार मुलुकको जनसंख्याअनुसार संसारमै सबैभन्दा बढी इन्जिनियरहरु जोर्डनमा छन् भने उनीहरुको लागि थुप्रै रोजगारका अवसरहरु पनि उपलब्ध छन् ।

‘सबै इन्जिनियरिङ विषय विशेषज्ञ र उप विशेषज्ञरु मागअनुसार जोर्डन र विश्व श्रम बजारमा उपलब्ध छन्’ जेईए अध्यक्ष अहमदले भनेका छन्, ‘तर अबको अवस्था भने फरक हुनेछ । इन्जिनियरिङ पास गरेर आएका युवा इन्जिनियरहरुको संख्या पनि दिनानुदिन बढ्दै छ भने कोभिड महामारीको कारण कामको अवसरमा मुलुकबाहिर जान सक्ने अवस्था कम छ ।’

सन् २०२० सम्ममा जेईएले आफ्ना मुलुकका इन्जिनियरहरुको लागि हरेक वर्ष ४३८ वटा जागिरको अवसर स्वदेशमा, १७३ जागिरको अवसर विदेशमा र करिब ३ हजारभन्दा बढी इन्जिनियरिङ उत्तिर्ण विद्यार्थीलाई तालिमको अवसर प्रदान गर्दै आएको थियो ।

जेईएकाअनुसार स्वदेशी तथा वैदेशिक बजारको मागअनुसार आर्किटेक्ट इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, केमिकल इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङ पूर्णरुपमा भरिएको छ । यद्यपि, जेईएले हालसम्म जोर्डनका २० हजार ४ सय इन्जिनियरहरुको लागि बेलायत र २४ हजार १ सय इन्जिनियरहरुको लागि अन्य मुलुकहरुमा रोजगारीको अवसर मिलाइदिएको छ । –जोर्डन टाइम्सबाट

Your Opnion

//