अमेरिकी संसद्को उम्मेदवार बन्दै भारतीय मुलकी २८ वर्षीया इन्जिनियर - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Interesting

अमेरिकी संसद्को उम्मेदवार बन्दै भारतीय मुलकी २८ वर्षीया इन्जिनियर

अमेरिकी संसद्का लागि एक २८ वर्षीया इन्जिनियरले उम्मेदवारको घोषणा गरेकी छन् । भारतीय मूलकी इन्जिनियर एवं उद्यमि श्रीना कुरानीले कांग्रेस डिस्ट्रिक्ट क्यालिफोर्नियाबाट अमेरिकी प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरेकी हुन् ।

क्यालिफोर्नियाको रिभरसाइडमा जन्मिएकी कुरानी एक भारतीय आप्रवासी दम्पतीकी छोरी हुन् । आफू राजनीतिज्ञ नभई इन्जिनियर भएको नाताले एक वास्तविक समस्या समाधान गर्ने महिलाका रूपमा चिनाउन चाहने श्रीनाले आफूले प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरेको बताएकी छन् ।

‘मेरो परिवारले रिभरसाइडमा सुरु गरेको व्यवसायलाई सफल बनाउनुभयो । म एक नेता नभई इन्जिनियर र उद्यमी भएको नाताले तथ्यमा आधारित समाधानमा विश्वास गर्छु । वासिङटनका मुद्दाहरू समाधान गर्न र एक ‘इनल्याण्ड एम्पायर’ निर्माणका लागि कांग्रेसको तर्फबाट म चुनाव लड्दै छु,’ उनले भनेकी छन् ।

ई. कुरानीले सन् २०२२ नोभेम्बरमा हुने मध्यावधी चुनावका लागि लड्नेछिन् । कुरानी चुनावका लागि करिब १५ पटक रिपब्लिकन पार्टीका उम्मेदवार रहेका केन क्याल्वर्टको विपक्षीका रूपमा उठ्नेछिन् । –एजेन्सी

Your Opnion

//