इन्जिनियरभन्दा म्यानेजर बन्न चाहन्छन् इन्जिनियरिङका विद्यार्थी - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Interesting

इन्जिनियरभन्दा म्यानेजर बन्न चाहन्छन् इन्जिनियरिङका विद्यार्थी

अधिकांश इन्जिनियरिङका विद्यार्थीको रोजाइमा पर्छन्, आइटी कम्पनीहरू । एमबीएको डिग्री हासिल गर्ने विद्यार्थीको रोजाइमा समेत आइटी कम्पनी पर्ने गर्छ । तर, भारतमा इन्जिनियरिङ पृष्ठभूमि भएका विद्यार्थीहरू इन्जिनियर नभई कम्पनीको म्यानेजरको भूमिकामा रहेर काम गर्न चाहेको एक तथ्य सार्वजनिक भएको छ । भारतका विभिन्न आइटी कम्पनीमा गरेको एक खोजअनुसार इन्जिनियरिङ पृष्ठभूमि भएका विद्यार्थीहरूबारे उक्त तथ्य सार्वजनिक भएको हो ।

करिब ८७ प्रतिशत इन्जिनियरिङका विद्यार्थीहरू भारतका ठूल्ठूला आइटी कम्पनीमा इन्जिनियर नभई म्यानेजरका रूपमा कार्यरत छन् । बाँकी १४ प्रतिशत इन्जिनियरिङका विद्यार्थी मात्र इन्जिनियरका रूपमा कार्यरत छन् । भारतको एक आइटी इन्डष्ट्रियल एन्ड म्यानेजमेन्ट इन्जिनियरिङ विभागमा एमबीएको पढाइ हुन्छ ।

विभागले सन् २०२१/१९ को आफ्नो प्लेसमेन्टअन्तर्गत जारी गरेको रिपोर्टअनुसार इन्जिनियर बन्नका लागि इन्जिनियरिङका विद्यार्थीहरू आइटी कम्पनीमा आउने गर्छन् । एमबीएका विद्यार्थीहरू पनि इन्जिनियर बन्नका निम्ती आइटी कम्पनीमा आउने गर्छन् । तर, जागिर पाउनुअघि आइटी कम्पनीहरूले उपलब्ध गराउने तालिमको दौरान विद्यार्थीहरूले आफ्नो रोजाइ परिवर्तन गर्ने गर्छन् ।

आइटीमार्फत एमबीए गर्ने विद्यार्थीहरूमध्ये करिब ८६ प्रतिशत विद्यार्थीको इन्जिनियरिङ पृष्ठभूमि छ । जसमध्ये सबैभन्दा बढी कम्प्युटर साइन्स इन्जिनियरिङका विद्यार्थी छन् भने त्यसपछि सबैभन्दा बढी मेकानिकल, इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल इन्जिनियरिङका विद्यार्थी छन् । यी विद्यार्थीहरूले विभिन्न आइटी कम्पनीहरूमा कन्सल्टिङ र एनालिटिक्सको जागिर गरिरहेका छन् । बाँकी ८० प्रतिशत विद्यार्थीले आइटी कम्पनीमा इन्जिनियर बन्नुको सट्टा म्यानेजर बन्नमा रुचि देखाएका छन् ।

इन्जिनियरभन्दा म्यानेजरको तलब बढी हुने भएकोले इन्जिनियरिङका विद्यार्थीहरूले आइटी कम्पनीको म्यानेजर बन्न रुचि देखाएको उक्त खोजले उल्लेख गरेको छ । –एजेन्सी

Your Opnion

//