छुटसहित जनकपुर इन्जिनियरिङ कलेजमा भर्ना खुल्यो, यस्ता छन् विशेषता - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

छुटसहित जनकपुर इन्जिनियरिङ कलेजमा भर्ना खुल्यो, यस्ता छन् विशेषता

ललितपुरको कुपन्डोलमा अवस्थित जनकपुर इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र २०७७–७८ का लागि भर्ना खुलेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) बाट सम्बन्धन प्राप्त कलेजमा सिभिल, कम्प्युटर र इलेक्टोनिक्स, कम्युनिकेशन एण्ड इन्फर्मेसन इन्जिनियरिङ पढाइ हुन्छ । यसअघि भक्तपुरमा रहेको कलेजले यस शैक्षिक सत्रदेखि कुपन्डोलबाट पढाइ सुरु गर्ने तयारी गरेको छ ।

उद्देश्य
विद्यार्थी, अभिभावक र कलेज कर्मचारीसहितको एक समुदाय रहँदै आएको जनकपुर इन्जिनियरिङ कलेज शैक्षिक रुपमा बृहत, सद्भापूर्ण र समावेशी वातावरण निर्माणमा समर्पित छ ।

कलेजले व्यक्ति, राज्य, राष्ट्रलगायत सम्पूर्ण विश्वकै भविष्य सुदृढ गर्ने लक्ष्य लिएको छ । कलेजले सो लक्ष्य पुरा गर्न श्रेष्ठतम सिकाई, नविन र प्रभावकारी अनुसन्धानका साथ दक्ष, प्रतिबद्द र परावर्तनशील व्यावसायिक जनशक्ति तयार गरिरहेको जनाएको छ ।

‘हामी सँग भविष्य निर्माण गर्नुहोस्’
जनकपुर इन्जिनियरिङ कलेजले अनुसन्धान र विद्दताका साथ फलदाई उच्च शिक्षा प्रदान गर्ने राष्ट्रिय एवंम् अन्तर्राष्ट्रिय भूमिका निर्वाह गर्दै आएको कलेजका प्रमुख कार्यकारी अधिकृत डा. अर्जुन सिंह बताउँछन् ।

उनी भन्छन्, ‘विभिन्न पृष्ठभूमिका विद्यार्थीहरूलाई उच्च शिक्षा प्रदान गर्दै शिक्षाको हरेक पक्षमा गुणस्तरिय र उत्कृष्ट परिणाम प्राप्त गर्न जनकपुर इन्जिनियरिङ कलेज प्रतिबद्द छ ।’ सो प्रतिबद्दता शैक्षिक विकासमा मात्र सिमित नभई उद्योगको विकास र समाजको लागि आवश्यक परामर्श सेवा प्रदान गर्नसमेत रहेको उनले बताए ।

विषय र सिट क्षमता
कलेजमा सिभिल इन्जिनियरिङमा ९६, कम्प्युटर इन्जिनियरिङमा ४८ र इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङमा ४८ सिट रहेको छ ।

पढाइ शुल्क
कलेजले कोभिड–१९ र त्यसले आम मानिसमा पारेको प्रभावलाई मध्यनजर गर्दै पढाइ शुल्कमा विशेष छुट प्रदान गर्ने भएको छ ।
जसअनुसार सिभिल इन्जिनियरिङका लागि एक सेमेस्टरको १ लाख ४२ हजार ३ सय ७५ शुल्क रहेको छ । ८ वटा सेमेस्टर गरी ४ वर्षको जम्मा ११ लाख ३९ हजार तोकिएको छ ।

कम्प्युटर इन्जिनियरिङका लागि एक सेमेस्टरको १ लाख २९ हजार ८ सय ७५ शुल्क रहेको छ । ८ वटा सेमेस्टर गरी ४ वर्षको जम्मा १० लाख ३९ हजार तोकिएको छ ।

इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङका लागि एक सेमेस्टरको १ लाख १७ हजार ३ सय ७५ शुल्क रहेको छ । ८ वटा सेमेस्टर गरी ४ वर्षको जम्मा ९ लाख ३९ हजार तोकिएको छ ।

भर्ना हुँदाको समयमा तिनुपर्ने रकम
कलेजले भर्ना शुल्कमा पनि विशेष छुट प्रदान गर्ने भएको छ । जसअनुसार सिभिल इन्जिनियरिङमा भर्ना हुँदा पहिलो सेमेस्टरको शुल्क १ लाख ४२ हजार ३ सय ७५, सावधानी शुल्क २५ हजार र विद्यार्थी कल्याण शुल्क ५ हजार गरी जम्मा १ लाख ७२ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्ने छ ।

कम्प्युटर इन्जिनियरिङमा भर्ना हुँदा पहिलो समेस्टरको शुल्क १ लाख २९ हजार ८ सय ७५, सावधानी शुल्क २५ हजार र विद्याथी कल्याण शुल्क ५ हजार गरी जम्मा १ लाख ५९ हजार ८ सय ७५ तिनुपर्ने छ ।

इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङमा भर्ना हुँदा पहिलो सेमेस्टरको शुल्क १ लाख १७ हजार ३ सय ७५, सावधानी शुल्क २५ हजार र विद्यार्थी कल्याण शुल्क ५ हजार गरी जम्मा १ लाख ४७ हजार ३ सय ७५ तिनुपर्ने छ ।

Your Opnion

//