आइओईअन्तर्गतका विद्यार्थीहरु आन्दोलित - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

आइओईअन्तर्गतका विद्यार्थीहरु आन्दोलित

इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) अन्तर्गतका विद्यार्थीहरु आन्दोलित भएका छन् । आइओईका निजी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु अनलाइन कक्षाको शुल्कमा छुट हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

विद्यार्थीहरुले कलेजको सेवा–सुविधाको प्रयोगबिना शुल्क बुझाउनुपरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । कलेजहरुले गत वर्षदेखि अनलाइन कक्षामार्फत पढाइ भएको अवस्थामा १० प्रतिशत शुल्क मिनाहा गर्दै आइरहेका छन् ।

तर, विद्यार्थीले भने ३५ प्रतिशतसम्म शुल्क मिनाहा हुनुपर्ने माग राख्दै आइरहेका छन् । आइओईले परीक्षा तालिका सार्वजनिक गरिसकेको अवस्थामा विद्यार्थीहरु तयारीमा लाग्नुको साटो आन्दोलनमा लागेका हुन् ।

साथै, विद्यार्थीहरुले आइओईले हतार–हतार परीक्षा तालिका सार्वजनिक गर्दा त्रुटी भेटिएकाले आइओईको विश्वश्नीयतामाथि पनि प्रश्न उठाएका छन् ।

सबै विद्यार्थी संगठनहरु एक भएर कतिपय कलेजमा आमरण अनशनसमेत बसेका छन् भने कतिपय कलेजमा दबाबमुलक गतिविधि गरिरहेका छन् । विद्यार्थीले तत्काल आफ्ना माग सम्बोधन गरेर परीक्षा तयारीको वातावरण बनाइदिनसमेत आग्रह गरेका छन् ।

Your Opnion

//