चितवनमा खुल्यो इन्जिनियरिङ क्षेत्रको हरेक सामग्री र सेवा एकै ठाउँमा पाइने ड्रिमलाइन इञ्जिनियरिङ - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Engineering

चितवनमा खुल्यो इन्जिनियरिङ क्षेत्रको हरेक सामग्री र सेवा एकै ठाउँमा पाइने ड्रिमलाइन इञ्जिनियरिङ

चितवनको भरतपुर–१० कामनाचोकमा मुख्य कार्यालय रहने गरी ‘ड्रिमलाइन ग्रुप अफ इञ्जिनियरिङ सोलुसन’ सञ्चालनमा आएको छ ।

इन्जिनियरिङ क्षेत्र र इन्जिनियरलाई चाहिने हरेक सामग्री एकै स्थानमा पाउन सकिने व्यवस्थासहित तीन जना युवा इन्जिनियरहरुको सहकार्यमा ड्रिमलाइनको सुरुवात भएको हो ।

ड्रिमलाइनमा कन्स्ट्रक्सन कम्पनी, इञ्जिनियरिङ कन्सल्टेन्सी, निर्माण कम्पनी, सप्लायर्स र ट्रेडर्स, टेक्निकल इन्स्टिच्युट, इन्जिनियरिङ कलेजलाई आवश्यक पर्ने हरेक सामग्री शुपथ मूल्यमा उपलब्ध छ । साथै, निर्माण क्षेत्रलाई आवश्यक पर्ने ल्याब परीक्षणसमेत गरिने छ ।

घरको नक्सादेखि निर्माण कार्य सम्बन्धी सबै काम गर्न र प्राविधिक ज्ञान लिन चाहने विद्यार्थीका लागि तालिम तथा कक्षा सञ्चालनसमेत गरिने अप्रेसन म्यानेजर ई. दिपक ढकालले इन्जिनियर्स पोस्टलाई जानकारी दिए । उनका अनुसार यति धेरै इन्जिनियरिङ सेवा एकै स्थानमा पाउने गरी खोलिएको यो चितवनको पहिलो इञ्जिनियरिङ सोलुसन हो ।

नेपालको निर्माण क्षेत्रमा निर्माण सुरक्षालाई लिएर एकदमै लापरबाही हुने गरेकाले आफूहरुले यस क्षेत्रको सुरक्षाका लागि तालिम र सचेतना पनि जगाउने म्यानेजर दिपकले जानकारी दिए ।

ड्रिमलाइनको संचालकमा दिपकसँगै ई. दामोदर ढकाल र ई. अनिश काफ्ले रहेका छन् । दामोदर जियोम्याटिक्स इन्जिनियर हुन् भने अन्य दुई सिभिल इन्जिनियर हुन् ।

Your Opnion

//