पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी अन्तर्राष्ट्रिय ‘हल्ट प्राइज’का लागि छनोट, आर्थिक सहयोगको खाँचो - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Engineering

पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी अन्तर्राष्ट्रिय ‘हल्ट प्राइज’का लागि छनोट, आर्थिक सहयोगको खाँचो

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीको एक समूह विश्वविद्यालयस्तरीय चर्चित अन्तर्राष्ट्रिय ‘हल्ट प्राइज २०२१’ का लागि छनोटमा परेको छ । गुणस्तरीय च्याउ उत्पादनमा सहयोग पुर्‍याउने ‘मुसुर’ नामक अवधारणा अघि सारेर शीर्ष ४२ मा पुगेसँगै विद्यार्थीको समूह हल्ट प्राइज २०२१ मा सहभागी हुन पाउने गरी नेपालको तर्फबाट छनोटमा परेको हो ।

उक्त समूहमा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत स्नातक तहका विद्यार्थी छन् । जसमा इलेक्ट्रोनिक्स एन्ड कम्प्युनिकेसन इन्जिनियरिङबाट प्रशान्त भट्ट, निर्देश भट्टराई र केमिकल इन्जिनियरिङबाट सोनी पोखरेल रहेका छन् ।

आगामी अगस्टदेखि ८ देखि बेलायतमा आयोजित उक्त प्रतिस्पर्धा करिब १ महिना लामो हुनेछ । यदि यस हल्ट प्राइज २०२१ बाट छनोटमा परेमा सेप्टेम्बरदेखि न्यूयोर्कमा आयोजित सेमिफाइनल कार्यक्रममा पनि सहभागी हुन पाउनेछन् । सेमिफाइनल विजेताले १ लाख अमेरिकी डलर पुरस्कार पाउनेछ ।

यसरी पुगे शीर्ष ४२ मा

हल्ट प्राइज २०२१ मा सहभागी हुन उनीहरूको समूहले गत वर्ष पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट भाग लिएका थिए । ‘फुड फर गुड’ भन्ने मुख्य थिममा आधारित उक्त प्रतिस्पर्धामा पुल्चोक कलेजभित्रकै करिब ६२ देखि ७० वटा समूह सहभागी थियो । सोही थिममा आधारित रहेर उनीहरूको समूहले नयाँ अवधारणा अघि सारेका थियो ।

त्यसमा उक्त समूह शीर्ष ३ मा पर्न सफल भएको थियो । प्रतिस्पर्धामा विभिन्न विश्वविद्यालयबाट कृषि, व्यवस्थापन र इन्जिनियरिङलगायत विभिन्न विषयका विद्यार्थीहरू सहभागी थिए । हल्ट प्राइज २०२१ मा सहभागी हुन सो कार्यक्रम संसारका विभिन्न ४० देखि ५० वटा स्थानमा आयोजित थियो । कतिपय स्थानमा प्रथमले मात्र सहभागी हुन पाउने भए पनि कतिपय स्थानमा भने दोस्रो र तेस्रो स्थानमा परेका प्रतिस्पर्धीहरूले पनि भाग लिन पाउने व्यवस्था थियो ।

‘हामी तेस्रो स्थानमा भएकाले प्रतिस्पर्धामा भाग लिने या नलिने भन्नेमा निश्चित थिएन । तर, केही समयपछि भाग लिन पाउनेबारे निश्चित भएपछि हामीले फिलिपिन्समा आयोजित कार्यक्रममा भाग लिन पाउने भयांै,’ समूहका शिशिर पन्तले भने, ‘गत चैतको कुरा हो, त्यसबेला हाम्रो इन्जिनियरिङको फाइनल परीक्षा चलिरहेकोले हामी फिलिपिन्समा सहभागी हुन नपाउने भयौं । तर, त्यही कार्यक्रमअन्तर्गत नेपालमा अन्तर्राष्ट्रिय स्तरको ‘काठमाडौं इम्प्याक्ट समिट’ हुँदै थियो । हामीले यस प्रतिस्पर्धामा राखिदिनुस् भनेर अनुरोध ग¥यौं र काठमाडौं प्रतिस्पर्धा गर्न पाउने भयौं ।’

काठमाडौं इम्प्याक्ट समिट प्रतिस्पर्धामा देश–विदेशबाट कृषि विश्वविद्यालय, बिजनेस, इन्जिनियरिङ आदि विषयका विद्यार्थीहरू प्रतिस्पर्धीहरू सहभागी थिए । भारत, नेपाल, मेक्सिको, फिलिपिन्सलगायत विभिन्न मुलुकमा आयोजित यस प्रतिस्पर्धामा संसारभरका विभिन्न युनिभर्सिटीबाट करिब २५ हजार प्रतिस्पर्धी सहभागी थिए । नेपालका विभिन्न कलेज तथा युनिभर्सिटीहरूमा आयोजित उक्त इम्प्याक्ट समिट प्रतिस्पर्धामा देश–विदेशबाट करिब ७० देखि ८० समूह छनोटमा परेका थिए भने नेपालको तर्फबाट शिशिर पन्तको समूह शीर्ष ६९ सम्म पुग्न सफल भएको थियो ।

शीर्ष ६९ बाट पुनः छनोटमा परेर उनको समूह शीर्ष ४२ मा पुग्न सफल भएको थियो । जसले हल्ट प्राइज २०२१ मा सहभागी हुन बाटो खुलायो । ‘यसमा नेपालको तर्फबाट हामी मात्र छनोट भयौं । क्षेत्रीय तहसम्मको प्रतिस्पर्धामा जिते पनि अन्तर्राष्ट्रिय स्तरसम्मको यस्ताखाले प्रतिस्पर्धा नेपालले अहिलेसम्म जितेको थिएन’ पन्तले भने, ‘८० ‘छनोटमा परेपछि टिमहरूलाई आफ्नो अवधारणालाई बिजनेस मोडलमा कसरी लैजान सकिन्छ भन्नेबारे एक महिना लामो कार्यक्रम उपलब्ध गराएको थियो । एक महिनामा त्यो काम गरेपछि हामी पुनः छनोटमा परेर शीर्ष ४२ मा पुग्यौं र हल्ट प्राइजका लागि छनोट भयौं ।’

इग्ल्यान्डमा आयोजित उक्त कार्यक्रममा पनि यसअघि झै तालिम र आफ्नो अवधरणालाई कसरी नयाँ रूप दिएरअघि बढाउन सकिन्छ भन्नेबारे केन्द्रित हुनेछ । ‘यसअघिको एक महिने कार्यक्रममा हामीले यसमा आफ्नो अवधारणा प्रस्तुत गरेको मात्र नभई अवधारणाअनुसार उत्पादनका लागि प्रोटोटाइप विकास गरेर, डिभाइसमार्फत क्याम्पसको होस्टेलमा च्याउ उमारेर यहाँसम्म पुग्यो,’ पन्तले सुनाए, ‘यदि इग्ल्यान्ड जान पाइयो भने त्यहाँ हुने कार्यक्रममा पनि बजारमा आफ्नो अवधारणबाट उत्पादन गरेको वस्तुलाई कसरी अघि बढाउन सकिन्छ ?, बजारको माग कस्तो हुन्छ ?, समस्या, चुनौती र समाधानबारे जानकारी दिन्छौं । त्यहाँ हाम्रो अवधारणाले १० वर्षको अवधिमा १ लाखभन्दा बढी मानिसको जीवनलाई प्रभाव पार्न सक्ने भएमा हामी अझै छनोटमा पर्छौं र अमेरिकाको न्यूयोर्कमा आयोजित कार्यक्रममा सहभागी हुन पाउँछौं । न्यूयोर्कमा जित्ने समूहले १ लाख डलर पुरस्कार पाउँछ ।’

बेलायत पुग्न आर्थिक सहयोगको खाँचो

हाल उक्त विद्यार्थीको समूहले इग्ल्यान्डमा आयोजित हल्ट प्राइज २०२१ मा सहभागी हुन तयारी गरिरहेका छन् । कार्यक्रममा सहभागी हुन विद्यार्थीको समूहलाई ९ हजार पाउन्ड अर्थात् नेपाली रकम १४ लाख ८७ हजार रकम बराबर खाँचो छ । उनीहरूले हाल गो माइ फन्ड र ई–सेवामार्फत पैसा उठाइरहेका छन् । हालसम्म उनीहरूले २ लाख ५० हजार रकम जम्मा गरेका छन् ।

यदि पैसा उपलब्ध भएमा आफूहरू एक महिनाभित्रै इग्ल्यान्ड जाने समूहका शिशिर पन्तले बताए । ‘पैसा पुगेको छैन, पैसा उठाइरहेका छौं । पैसा उठेमा हामी यो महिनाभित्रै इग्ल्यान्ड जान पाउँछौं । हाल गो माइ फन्ड र इसेवामार्फत करिब २ लाख ५० हजार जम्मा भएको छ,’ उनले भने, ‘बेलायत पुग्न र प्रतिस्पर्धामा सहभागी हुन हामीलाई अझै १५ लाख खाँचो छ । पैसा पुगेमा जान्छौं नभए त्यो मौका पनि गुम्न सक्छ । इच्छुकहरूले हामीलाई सहयोग गर्न सक्नुहुनेछ ।’

Your Opnion

//