क्ल्याम्पहुकले इन्जिनियरिङ स्नाकोत्तर तहको प्रवेश परीक्षाका लागि तयारी कक्षा संचालन गर्ने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

क्ल्याम्पहुकले इन्जिनियरिङ स्नाकोत्तर तहको प्रवेश परीक्षाका लागि तयारी कक्षा संचालन गर्ने

क्ल्याम्पहुक एकेडेमिले माघ १५ गतेदेखि इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) अन्तर्गत हुने स्नाकोत्तर तह (एमएससी) को प्रवेश परीक्षाका लागि तयारी कक्षा संचालन गर्ने भएको छ ।

करिब छ सय सिटका लागि हरेक वर्ष तीन हजार भन्दा बढी विद्यार्थीले स्नाकोत्तर तहको प्रवेश परीक्षाका लागि प्रतिस्पर्धा गर्ने गरेका छन् । भर्ना पाउन प्रतिस्पर्धा बढ्दै गएकाले स्नातकमा जस्तै तयारी कक्षा संचालन गर्न लागिएको ल्याम्पहुकका संस्थापक ई. बिक्की छन्त्यालले इन्जिनियर्स पोस्टलाई जानकारी दिए ।

‘पछिल्लो समय भर्ना पाउनका लागि प्रतिस्पर्धा बढिरहेकाले स्नाकोत्तरमा नाम निकाल्न सहज होस् भनेर हामीले तयारी कक्षा सुरु गरेका हौँ’ छन्त्यालले भने, ‘एमएससीको प्रवेश परीक्षामा मेरिटमा पर्न म्याथम्याटिक्सको भाग निर्णायक हुने भएकाले हामी त्यसमा फोकस भएर कक्षा चलाउँदै छौँ ।’

पाँच हजार शुल्क तोकिएको तयारी कक्षा दैनिक दुई घण्टा संचालन हुनेछ । बिहान ७ देखि ९ बजेसम्म र साँझ ६ देखि ८ बजेसम्म गरी दुई सिफ्टमा संचालन हुने कक्षा डेढ महिनाको हुनेछ ।

अनलाइन कक्षा अवधिभर विभिन्न अभ्यासहरु गराइनुका साथै अध्ययन सामग्रीसमेत उपलब्ध गराइने छन्त्यालले जानकारी दिए ।

रजिष्ट्रेसनका लागि यो लिंकमा जानुहोलाः

https://clamphook.com/class/msc/ioe?fbclid=IwAR0x-pQweAItmi6y7hfa-8Lv3Me9Blv0MxxI9MXbmN2cF-wP5hTBCT_QB9s

Your Opnion

//