इन्जिनियरिङ पढ्न आइओईको प्रवेश परीक्षाका लागि १३ हजारले भरे फारम - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

इन्जिनियरिङ पढ्न आइओईको प्रवेश परीक्षाका लागि १३ हजारले भरे फारम

इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) को इन्जिनियरिङ स्नातक तहमा भर्नाका लागि प्रवेश परीक्षा दिन चाहने विद्यार्थीको संख्या करिब १३ हजार पुगेको छ ।

माघ १४ गते हुने आइओईको प्रवेश परीक्षामा स्नातक तहमा इन्जिनियरिङ र आर्किटेक्चर पढ्न चाहने १२ हजार ७ सय विद्यार्थीले प्रवेश परीक्षाका लागि अनलाइनमाध्यमबाट आफ्नो नाम दर्ता गराएका हुन् ।

पुस १९ गते अनलाइन नाम दर्ता फारम खुला गरिएको थियो । नाम दर्ता गर्ने समय माघ ४ गतेसम्म तोकिएको थियो । यस अवधिमा १२ हजार २ सयको हाराहारीमा विद्यार्थीले फाराम भरेको आइओई स्रोतले इन्जिनियर्स पोस्टलाई जानकारी दियो ।

यसअघिका वर्षमा १० हजारदेखि ११ हजारको हाराहारीमा प्रवेश परीक्षाका लागि विद्यार्थीले फाराम भर्ने गरेका थिए । कोभिड–१९ महामारीका कारण यसपटक विद्यार्थीहरुको नेपालमै आकर्षण देखिएका कारण फाराम भर्नेको संख्या बढेको हो ।

यसअघि प्रवेश परीक्षामा करिब ७ हजारले नाम निकालेका थिए । आइआईको आंगिक र सम्बन्धन प्राप्त कलेजमा गरेर ४ हजार २ सय ४८ सिट छ । विद्यार्थीको संख्या बढेकाले यसपटक सम्बन्धन कलेजमा विद्यार्थीको संख्या पनि बढ्ने अनुमान छ ।

आइओईमा धेरै विद्यार्थीले छात्रवृत्तिका लागि प्रवेश परीक्षा दिने गर्छन् । छात्रवृत्ति नपाएको अवस्थामा केही विद्यार्थी इन्जिनियरिङभन्दा अन्य विषय पढ्ने र केहीले अन्य कलेज रोज्ने भएकाले यसअघि आइओईअन्तर्गतका कलेजमा केही सिट खाली हुने गथ्र्यो ।

आइओईको प्रवेश परीक्षामा ४० प्रतिशतभन्दा माथि अंक ल्याएर पास गर्ने  विद्यार्थीले आइओईको सम्बन्धन प्राप्त कलेजमा इन्जिनियरिङ पढ्न पाउँछन् । आइओईका ५ आंगिक र १० सम्बन्धन प्राप्त कलेज छन् ।

Your Opnion

//