‘हल्ट प्राइज’ नेपाल इन्जिनियरिङ कलेजमा आयोजना हुने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

‘हल्ट प्राइज’ नेपाल इन्जिनियरिङ कलेजमा आयोजना हुने

यस पटकको ‘हल्ट प्राइज’ नेपाल इन्जिनियरिङ कलेजमा आयोजना हुने भएको छ । विद्यार्थीहरुका लागि नोबेल पुरस्कारका रुपमा चिनिने ‘हल्ट प्राइज’ प्रतिस्पर्धाका आधारमा यसै डिसेम्बरमा प्रदान गरिने छ । जसमा विश्वविद्यायमा अध्ययनरत विद्यार्थीले प्रतिस्पर्धा गर्न पाउने छन् ।

‘फूड फर गुडः ट्रान्सफर्किङ फूड इन्टू भिइकल चेन्ज’ अर्थात राम्रोका लागि खानाः खानालाई वाहनमा रुपान्तरण भन्ने चुनौतिमा विद्यार्थीले समूह बनाई सामाजिक ब्यवसायीक योजना प्रस्तुत गर्नुपर्नेछ । चुनौतिको समाधान र यसका वैकल्पिक पाटाहरुलाई केलाउँदै प्रतिस्पर्धीले प्रतिस्पर्धा गर्नुपर्छ ।

यस चुनौतिमा छनोट हुने विद्यार्थीले अघिल्लो चरणको क्षेत्रीय प्रतस्पर्धामा भाग लिन पाउने हल्ट प्राइज नेइकका क्याम्पस निर्देशक निरज विकेले जानकारी दिए ।

एक वर्षसम्म चल्ने यस पुरस्कारको अन्तर्राष्ट्रिय विजेताले १० लाख अमेरिकी डलर पुरस्कार पाउने छन् । खाध सुरक्षा ,शुद्ध खानेपानी , शिक्षा , उर्जाको क्षेत्रमा रहेका विश्वव्यापी साझा सामाजिक समस्याको चुस्त समाधान खोज्ने हेतुले हल्ट प्राइज फाउन्डेसन र संयुक्त राष्ट्रसंघको सहकार्यमा ‘हल्ट प्राइज’ प्रत्येक वर्ष विश्वब्यापीरुपमा आयोजना हुन्छ ।

सन् २००९ बाट सुरु भएको यस कार्यक्रममा विश्वका एक सय २० भन्दा धेरै राष्ट्रका झन्डै दुई हजार विद्यार्थीले भाग लिने गरेका छन् ।

 

Your Opnion

//