राष्ट्रिय गौरवको आयोजना बुढी गण्डकीको काम भइरहेको छ : उर्जामन्त्री बस्नेत - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

राष्ट्रिय गौरवको आयोजना बुढी गण्डकीको काम भइरहेको छ : उर्जामन्त्री बस्नेत

  • इन्जिनियर्स पोष्ट सम्वाददाताJanuary 19, 2024
फाइल तस्बिर

 

काठमाडौँ     / ५ माघ । राष्ट्रिय गौरवको आयोजना मध्येको एक बुढी गण्डकी जलविद्युतमा अहिलेसम्म ४३ अर्ब खर्च भएको छ। गोरखा र धादिङ जिल्लाको सिमानामा रहेको १२ सय मेगावाटको आयोजनामा अहिलेसम्म ४३ अर्ब खर्च भइसकेको छ ।

शुक्रवार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले यो आयोजनालाई अगाडि बढाउन सरकारले आवश्यक कामहरू गरिरहेको बताए। आर्थिक वर्ष २०७९/८०को अन्तसम्म मुआब्जा वितरण, अध्ययन र अन्य खर्च समेत ४३ अर्ब रकम खर्च भइसेकेको उनले बताए ।

पहिलो चरणमा निर्माण कार्यका लागि तयारी कार्यहरू सडक, पुल, क्याम्प जस्ता निर्माण कार्य गर्ने, दोस्रो चरणमा ड्याम निर्माण सम्बन्धी कार्यहरू गर्ने र तेस्रो चरणमा इन्टेक, पावर हाउस, इलेक्ट्रिक मेकानिकल, ट्रान्समिसन लाइन सम्बन्धी कार्यहरू गर्ने प्रस्ताव भएको उनले बताए।

Your Opnion

//