अबदेखि चौधरी समूहले हिरो मोटोकर्पका उत्पादन बेच्ने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

अबदेखि चौधरी समूहले हिरो मोटोकर्पका उत्पादन बेच्ने

काठमाडौँ/ १० वैशाख । विश्वकै ठूलो मोटरसाइकल र स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्पको आधिकारिक बिक्रेता सीजी मोर्टर्स बनेको छ।

सीजी मोटर्स नेपालसमेत नियाल्ने भारतीय एजेन्ट लगायतलाई आफ्नो पक्षमा पारेर ज्योति समूहबाट हिरो मोटोकर्पको सोलो नेपाल बिक्रेता आफ्नो पक्षमा पारेको बताइएको छ।

नेपालमा केही समय अघिसम्म एक कम्पनीले चलाउनै नसक्दा मात्र अर्को कम्पनी विकल्पको रूपमा जाने गरेको भए पनि चलिरहेको ब्राण्डलाई आफ्नो पक्षमा पार्ने अस्वस्थ प्रतिस्पर्धामा चौधरी समूहले हात हालेको भन्दै यसमा मोटर बिक्रेताहरूमाझ ठूलो बहस सुरु भएको छ।

नेपालमा विदेशी लगानी भित्र्याउने भनिरहँदा यस प्रकारको अस्वस्थ प्रतिस्पर्धाले विदेशी बजारमा राम्रो सन्देश जाँदैन। एउटाले चलाइरहेको कम्पनी अर्कोमा लैजाने प्रवृत्तिले नेपालीको मानसिकता के रहेछ भन्ने विदेशीमा पर्न जाने प्रष्ट देखिन्छ। बिक्री जे जस्तो भए पनि हिरो ब्राण्ड आफैँमा स्थापित भएकाले सीजीले आक्रामक बजार योजना ल्याउनु पर्ने छैन।

यसले सहजै बजार कब्जा गरिरहेको थियो। यस्तो अवस्थामा अर्को बिक्रेताले नेपालबाट बिक्री गर्न अवश्य छोड्ने थिएन। तर मोटोकर्पको नेपाल हेर्ने एजेन्टकै कारण अदालतसम्म ज्योति समूह जाँदा पनि केही नलागेपछि अन्ततः सीजी मोर्टसले यसको जिम्मेवारी पाएको हो।

लामो समयदेखि ज्योति समूहमा अंशवण्डाको मुद्दा चलिरहेको छ। त्यही कारण पनि हिरो र होन्डा दुई जनाले बाँडेर बोचिरहेको भए पनि अहिले हिरो चौधरीको पोल्टामा पुगेको हो।

यसरी अस्वस्थ प्रतिस्पर्धा चल्ने हो भने कसको कम्पनी कतिबेला कसकोमा जाने हो पत्तो हुँदैन। जस्तै आइचर कर्मसियल गाडी सुरुवातमा अमिर राणा र प्रवल राणाले बेचिरहेका थिए। उनीहरूले नसक्ने भएपछि त्यसमा डिलर खोजिरहँदा आनन्द बतासले लगेको थियो। त्यो डिलर दिलाउनेलाई बतास समूहले पछि बाहिर पारे। यो स्वस्थ प्रतिस्पर्धा हो तर अदालत नै जाने गरी भएको प्रतिस्पर्धालाई भने स्वस्थ भन्न मिल्दैन।

सीजी समूहमा सुजुकी विनोद चौधरीका भाइ अरुणले बिक्री गरिरहेका छन्। छोरा निर्वाणले भने अब नयाँ अटोमोबाइलका ब्राण्ड हेर्नेछन्। उनले विद्युतीय गाडी बेच्न सुरु पनि गरिसकेका छन्। सीजीसँगको सहकार्यमा एसेम्बली प्लान्टको उद्घाटनसँगै कम्पनीले बजार विस्तारदेखि नयाँ उत्पादन ल्याउने सहमति भएको छ।

त्यही प्लान्टमा ज्योतिले अलिक बढी कमिसन खोजेपछि कममा गर्न सीजी तयार भएर आफ्नो पक्षमा हिरोलाई पारेको हो। यसलाई ज्योति समूहले अस्वस्थ प्रतिस्पर्धा र दुई कम्पनीको समझदारीको ‘लुप होल’मा अर्कोले खेल्ने काम भएको भन्दै आए पनि औपचारिक धारणा सार्वजनिक गरेको छैन।

हिरो मोटोकर्पले आइतबार आफ्नो व्यापार योजना घोषणा गर्दै चार उत्पादनहरू एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकल र जुम ११० स्कुटर बजारमा ल्याएको छ। अब उक्त चारवटा उत्पादनलाई नवलपरासीको सीजी इन्डस्ट्रियल पार्कमा अवस्थित अत्याधुनिक एसेम्बली फेसिलिटीमा स्थानीय रूपमै एसेम्बल गरिने पनि जनाइएको छ।

यस प्लान्टको क्षमता प्रतिवर्ष ७५ हजार युनिट हुने भनिएको छ। यसले नेपालभित्र नयाँ रोजगारी सिर्जना हुनेछ। हिरोको नेपाल साझेदार सीजी मोटर्सले नेपालभर सेल्स तथा सर्भिस सेन्टरको नेटवर्क तयार गरेर बिक्री वितरण बढेको हेर्ने भनेको छ।

सीजीसँगको सहकार्यबारे हिरो मोटोकर्पको ग्लोबल बिजनेस युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले अत्याधुनिक एसेम्बली युनिटले हाम्रा विश्वस्तरीय उत्पादनहरू अब नेपालमा नै बनाइने र देशभरका ग्राहकहरूका लागि सजिलै उपलब्ध हुने पनि बताएका छन्।

हुलास समूहले बजाज नेपालमा उत्पादन गरिरहेको अवस्थामा हिरोले पनि आफ्नो उत्पादन कम्पनी नेपालमा ल्याउन चाहेको र त्यसमा ज्योति समूहले केही बढी नै कम्पनीको भूमिका खोजेपछि त्यही निहुँमा सीजीको एप्रोचलाई स्वीकार गरेको हो। हिरो र होन्डा फरक भएपछि नेपालमा पनि यो दाजुभाइले लिएका थिए। हिरोभन्दा हन्डाको डिमान्ड बढ्दो रहेको अवस्थामा सीजीलाई सहज भने छैन।

चौधरी समूहका प्रवन्ध निर्देशक निर्वाण चौधरीले यो क्षणलाई एकदमै विशेष भने पनि एकले नेपालमा चलाइरहेको कम्पनी अर्कोले थप आश्वासनसहित आफ्नो पक्षमा हत्याउने कामको थालनी पनि भएको छ। चौधरी समूहलाई यसरी कम्पनी हत्याएर भन्दा पनि अर्को कम्पनी ल्याएर स्थापित गर्न राम्रो हुने चौधरीकै शुभचिन्तकहरू बताउँछन्।

नेपालमा हिरोको आधिकारिक बिक्रेता ज्योति समूह ९रुप ज्योति० को एनजीएम कम्पनी थियो। करिब ४० वर्षपछि हिरोको आधिकारिक बिक्रेताबाट अब ज्योति समूह बाहिरिएको हो। हिरो मोटोकर्पले एनजीएमसँग सम्झौता नवीकरण गर्न नमानेपछि चौधरी समूहको हातमा हिरो पुगेको हो। नत्र यति लामो समयदेखिको बिक्रेता सहजै किन जान्थ्योरु लामो बहस छलफल मात्र होइन अदालतसम्म पुगेर भएको निर्णयले अन्तिम रूप पाएको हो।

Your Opnion

//