इन्जिनियरिङका विद्यार्थीलाई खुसीको खबर– आइओईमा अमेजन वेब सर्भिसेज एकेडेमीको सुरुवात - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

इन्जिनियरिङका विद्यार्थीलाई खुसीको खबर– आइओईमा अमेजन वेब सर्भिसेज एकेडेमीको सुरुवात

त्रिभुवन विश्व विद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) मा अमेजन वेब सर्भिसेज (एडब्लूएस) एकेडेमीको सुरु भएको छ । यूकेएडको रोजगारीका लागि सीप कार्यक्रम (सीप) र जीनीस सोलुसनको सहकार्यमा यसको सुरुवात भएको हो ।

एडब्लूएस एकेडेमीले विद्यार्थीलाई ‘क्लाउड कम्प्युटिङ’का विधाहरूका उदियमान र तीव्र गतिले वृद्धि भइरहेका रोजगारीका पदहरूमा सीप विकास तथा प्रमाणीकरणको अवसर प्रदान गर्नेछ । सन् २०१९ देखि बजारमा आधारित विभिन्न विधिको उपयोग गरी यूकेएडले निजी तथा सार्वजनिक क्षेत्रहरूसँग रूपान्तरणकारी साझेदारीहरू स्थापित गराउन सहजीकरण गरिरहेको छ ।

नेपालमा पहिलोपटक यस एकेडेमीको सुरुआत भर्चुअल माध्यमबाट गरिएको हो । आईओई, यूकेएड सीप तथा जीनीस सोलुसनका उच्च अधिकारीहरूको सहभागितामा सम्पन्न कार्यक्रममा देशमा हाल भइरहेका सीप विकास तथा रोजगारी सिर्जनालाई विस्तार गर्ने, द्रुत गतिमा बढाउने बारेमा छलफल भएको थियो ।

यूके एडका नेतृत्वकर्ता बलजित भोराका अनुसार यूकेएड सीपको जीनीस जस्ता संस्थाहरूसँगको साझेदारीले आर्टिफिसियल इन्टेलिजेन्स्, क्लाउड कम्प्युटिङ, ई–मोबिलिटी सोलुसनलाई एकीकृत गर्ने र स्थानीय क्षमता अभिवृद्धि गरी विभिन्न उद्योगहरूमा उत्पादकत्व वृद्धि गर्ने तथा नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्न मद्दत गर्छ ।

यूकेएड सीप र जीनीसको साझेदारीले नेपालभरका ५० साझेदार कलेजहरूको क्षमतामा सुदृढीकरण भएको छ र २ हजार १०० भन्दा बढी विद्यार्थीहरूलाई भविष्यमा रोजगारी पाइराखिने सीपको विकास गराएको छ ।

Your Opnion

//