किन भत्काइयो आठ करोडमा बनेको गोंगबुको आकाशे पुल ? - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Others

किन भत्काइयो आठ करोडमा बनेको गोंगबुको आकाशे पुल ?

सडक विभागले गोंगबु (बसपार्क) मा रहेको आकाशे पुल भत्काएको छ । कलंकी–धोबीखोला खण्ड विस्तारका लागि पुल भत्काइएको हो ।
चक्रपथ विस्तारअन्तर्गत दोस्रो चरणमा चीन सरकारले कलंकी–धोबीखोलाको सडक विस्तार गर्दैछ । पहिलो चरणमा कोटेश्वर–कलंकी खण्डको सडक विस्तार भएको थियो ।

झन्डै आठ करोड लागतमा काठमाडौं महानरपालिकाले बनाएको गोंगबुको आकाशे पुल आठ लेनको सडक विस्तारका लागि तगारो बनेको थियो । सडक विस्तारको कार्यतालिका अनुसार पुल भत्काइएको सडक विभागले जनाएको छ । पुल इनोभेटिभ प्रालीले १८ वर्ष संचालन गर्न पाउने शर्तमा निर्माण गरेको थियो ।

गोंगबुको पुल कंक्रिटको प्रयोग गरेर बनाइएको थियो । जसमा करिब २० पसल तथा कबडहलसमेत संचालनमा थिए । केही समयअघि चीनमा रोबटको प्रयोग गरेर सात हजार छ सय टनको पाँच गते भवन अर्कै स्थानमा सारेको समाचारले नेपालमा खुबै चर्चा कमाएको थियो । तर, सोही बखत नेपालमा भने आकाशे पुलजस्तो संरचनालाई समेत अन्यन्त्त सार्न सकिएन । निर्माणको समयमै ध्यान दिन सकेको भए यस्ता संरचनामा करोडौँ स्वाहा हुने अवस्था नआउने विज्ञहरु बताउँछन् ।
यसअघि कलंकीको पुलसमेत भत्काइएको थियो । धमाधम पुल भत्किन थालेपछि आकाशे पुल भत्काउनुपर्ने अवस्थालाई ध्यानमा राखेर चाबहिल, माइतीघर, टेकु भन्सार, त्रिपुरेश्वर, बबरमहल, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर र गौशाला चोकमा अन्त सार्न मिल्ने खालको पुल बनाउन लागेको महानगरका प्रवक्ता इश्वरमान ढंगोल बताउँछन् । यस्तो पुल आर्थिक दृष्टिकोणले पनि निकै सस्तो हुन्छ । पुरानो बस पार्कमा फालामको आकाशे पुल ३० लखामा बनेको थियो ।
२०७६ पुस १७ को मन्त्रिपरिषद् निर्णयले चक्रपथ विस्तार अभियान अन्तर्गत कलंकी–महाराजगञ्ज–धोबीखोला सडकखण्डका लागि जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान गरेको थियो ।
यसअघि सडकको अधिकार क्षेत्रमा रहेका बिजुलीका खम्बा, टेलिफोनको खम्बा, खानेपानीको पाइप, ढल र रुखलगायत हटाइएको थियो । महाराजगञ्ज खण्डमा घरहरु हटाउने कार्य भने अझै बाँकी छ ।
यो सडक खण्डमा दुई वटा अण्डर पास, प्रत्येक किलोमिटरमा आकाशे पुल र मुख्य लेनको बीचमा डिभाइर हुने छ।

Your Opnion

//