मन्त्री साहले भने– इन्जिनियरलाई रोजगारी सिर्जना हुने काम गर्छु - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Others

मन्त्री साहले भने– इन्जिनियरलाई रोजगारी सिर्जना हुने काम गर्छु

प्रदेश–२ सरकारका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले आफूले इन्जिनियरको हक–हित र उनीहरुलाई रोजगारी सिर्जना हुने कार्यका लागि पहल गर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय इन्जिनियर संगठन (निओन) ले आयोजना गरेको बधाईं तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री साहले पछिल्लो समय स्थानीय तहमा काम गर्दा इन्जिनियरहरुले असुरक्षित महसुस गरेकाले सुरक्षाका लागिसमेत आफूले पहल गर्ने बताए ।

उनले भने, ‘इन्जिनियर र इन्जिनियरिङ समुदाय देश विकासका मेरुदण्ड हुन् । उहाँहरुले पनि आफ्नो नैतिकतामा रहेर काम गर्नुपर्छ र समाजमा रोल मोडलको रुपमा रहनुपर्छ ।’

Your Opnion

//