इन्जिनियरिङ अध्ययन संस्थान आइओईअन्र्तगतका आंशिक कलेज तथा क्याम्पसहरुमा जारी शुल्क वृद्धिविरुद्धको आन्दोलनमा विभिन्न पाँच विद्यार्थी संगठनले ऐक्यबद्धता जनाएका छन् ।
देशका विभिन्न पाँच विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै इन्जिनियरिङ क्याम्पसमा भइरहेको शुल्क बृद्धिविरुद्ध आफुहरुले ऐक्यबद्धता जनाएको बताएका छन् ।
२८ गते बिहिबार बागबजारस्थित अखिल क्रान्तिकारीको कार्यालयमा विभिन्न पाँच विद्यार्थी संगठनको सामुहिक बैठक बसेको थियो । सो बैठकले प्रेस विज्ञप्तीमार्फत पुर्वाञ्चल विश्वविद्यालयमा भएको भ्रष्टाचारको उच्चस्तरिय छानविन समिति गठन गरी भ्रष्टाचारमा संलग्नलाई कडा कारबाहिको मागसहित विभिन्न सातवटा मागहरु राखेको छ । साथै उक्त बैठकले इन्जिनियरिङ क्याम्पसहरुले कोरोनाको समयमा विद्यार्थीबाट असुल गरेको शुल्क घटाउन र हाल बढाइएको शुल्क तत्काल फिर्ता गर्न माग गरेको छ ।
पाँच विद्यार्थी संगठनको माग पत्र :
Your Opnion