मुख्य मन्त्री जम्मकट्टेलद्वारा कुविन्डे खोला पुल उद्घाटन - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

मुख्य मन्त्री जम्मकट्टेलद्वारा कुविन्डे खोला पुल उद्घाटन

तस्बिर/ ज्ञानेन्द्र तिमल्सिना, सिन्धुपाल्चाेक

सिन्धुपाल्चोक/ ११ वैशाख । कुविन्डे खोलामा निर्माण सम्पन्न सडक पुल बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्मकट्टेलले उद्घाटन गरेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ३ को भुस्लुङ र भालुवन जोड्ने सडक पुल ३१ मिटर लामो र ८.४० मिटर फराकिलो छ ।

सदरमुकाम चौतारावाट ७ किमिमा पर्ने यस पुल निर्माण सम्पन्न पश्चात वडा नं. २ र ३ नम्बर वडाका बासिन्दालाई प्रत्यक्ष फाईदा पुग्ने छ । पुल हिम निर्माण सेवा काठमाडौंले ५ करोड ६४ लाख लागतमा निर्माण गरेको हो । पुल सम्झौताको समय भन्दा ७ महिना अघिनै निर्माण सम्पन्न गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख सिडिई भरत कुमार यादवले बताए ।

२०७९ फागुन ५ गते सम्झौता भएको पुल, निर्माण कम्पनीले गत मङ्सिरमा निर्माण सम्पन्न गरेको सिडिई यादवले बताए । सडकको उद्घाटन गर्दै मुख्य मन्त्री जम्मकट्टेलले पुलसंगै सडकको स्तर उन्नति गर्ने प्रतिबद्दता व्यक्त गरे ।

समारोहमा प्रतिनिधि सभा क्षेत्र नं.१ का सांसद माधव सापकोटाले सडकलाई बार्है महिना सन्चालनमा ल्याउने र ग्रामीण भेगका उत्पादनलाई बजार पुर्याउन पहल गरिने बताए ।

सभामा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्य, भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वधार निर्देशनालयका निर्देशक पुष्कर प्रसाद पोखरेल, वडा नं।३ का वडा अध्यक्ष टेकबहादुर तामाङ , पूर्वाधार विकास कार्यालयका प्रमुख सिडिई भरत कुमार यादवलगायतले मन्तब्य राखेका थिए ।
न्यूज कोशी

Your Opnion

//