अदालतबाट सफाई पाएलगत्तै मरासिनी पुन: अर्थसचिव - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

अदालतबाट सफाई पाएलगत्तै मरासिनी पुन: अर्थसचिव

फाइल तस्बिर

काठमाडौं/ १० वैशाख । अर्थसचिवमा मधुकुमार मरासिनीलाई फेरि ल्याइएको छ । सोमबार बसेको मन्त्रिपरिपद्को बैठकले अदालतबाट सफाइ पाएका मरासिनीलाई अर्थसचिव नियुक्त गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मरासिनी यसअघि उद्योग मन्त्रालयमा थिए ।

हालका अर्थसचिव डा. कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ ।

नेसनल पेमेन्ट खरिद प्रकरणमा मरासिनीले सफाइ पाएका हुन् । मरासिनी अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख हुँदा पेमेन्ट गेटवे खरिदका लागि बजेट विनियोजन भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध पनि भ्रष्टाचारको मुद्दा चलाएको थियो । तर, विशेष अदालतले अख्तियारको दाबीलाई अस्वीकार गर्दै सचिव मरासिनीलाई सफाइ दिएको हो ।

Your Opnion

//