नागढुंगा सुरुङमार्गमा हस्तान्तरित जापानी प्रविधिलाई देश हितमा प्रयोग गर्न राज्य चुक्दैछ - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

नागढुंगा सुरुङमार्गमा हस्तान्तरित जापानी प्रविधिलाई देश हितमा प्रयोग गर्न राज्य चुक्दैछ

  • ई. श्रीराम न्यौपानेApril 17, 2024

नागढुंगा सुरुङमार्गमा हस्तान्तरित प्रविधिको लाभ नेपालले लिने सन्दर्भमा भाषण गर्ने बाहेक सरकारले आजसम्म कुनै तयारी थालेको छैन ।

बरु भारतको हिमाञ्चल प्रदेशबाट नेपालको नगाढुङ्गा सुरुङ ब्रेक थ्रुको सुचना बाहिरिएसँगै नेपाली सवकन्ट्रयाक्टरलाई अफर गरिसकेको छ। भारत आफ्नो देश विकासमा कति संवेदनशील छ भन्ने उदाहरण हो यो।

नागढुंगा सुरुङमार्गका केही दक्ष कामदारहरु वैदेशिक रोजगारीका लागि विदेश उडिसकेका छन् भने केही भिसाको लागि आवेदन दिएर उड्न खुट्टा उचालेर बसेका छन्। प्रविधि हस्तान्तरणको नाममा जाइकाबाट लिइएको १६ अर्व सहुलियत ऋण तीन करोड नेपालीको थाप्लोमा बराबर बोकाएर स्वदेशी निर्माण व्यवसायी र स्वदेशी कामदारलाई २४ सै घण्टा सुरुङ निर्माणमा खटाएर आर्जन गरेको ज्ञान, सीप, अनुभव र क्षमताको उपयोग गर्न राज्यको ध्यान पटक्कै नजानु देश, जनता र विकासप्रति सरासर धोका हो, अन्याय हो । नेपालको कानुन र सार्वजनिक खरिद ऐनमा संशोधन गरेर कम लागतमा स्वदेशी कंपनी र कामदारक‍ो सहभागितामा अर्को एउटा सुरुङ खन्न किन ढिला गर्ने ? यसको निम्ति वाधक देखिएको कानुन र सार्वजनिक खरिद ऐन किन संशोधन नगर्ने ?

एसियाको सबैभन्दा गरीब आजको नेपाल क्रमश: संसारकै गरीब बन्ने दिशातिर लाग्ने संकेत हो यो । यसतर्फ सरकारक‍ो दोस्रो वरियता सहित सिभिल इन्जिनियरले नेतृत्व गरेको भौतिक पुर्वाधार मन्त्रालयको ध्यान आकृष्ट होस भन्ने सुझाव दिन चाहन्छु।

(लेखक नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका प्रोजेक्ट डाइरेक्टर तथा सवकन्ट्रयाक्टर हुन्) सम्पादक

Your Opnion

//