अस्ट्रेलियन पर्वतारोही पेपरले बिनाअक्सिजन विश्वको १०औँ अग्लो हिमाल आरोहण गरिन् - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

अस्ट्रेलियन पर्वतारोही पेपरले बिनाअक्सिजन विश्वको १०औँ अग्लो हिमाल आरोहण गरिन्

काठमाडौँ/ २ वैशाख । अस्ट्रेलियन पर्वतारोही एली पेपरले बिनाअक्सिजन विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्ण-१ को सफल आरोहण गरेकी छिन् । पेपरले उनका गाइड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आज (आइतबार) दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण-१ हिमालमा पाइला टेकेको जानकारी दिइन् । पेपरले अन्नपूर्ण-१ को चुचुरोबाट देखिएको दृश्यका बारेमा सुनाइन् ।

उनले दुई वर्षभित्र विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य लिएकी छिन् । अन्नपूर्ण-१ हिमालको चुचुरोमा पाइला टेकेसँगै पेपरले आठ हजार मिटरभन्दा अग्ला तीन हिमालको सफलतापूर्वक आरोहण गर्न सफल भएकी छिन् ।

उनी यसपछि कञ्चनजङ्घा हिमालको आरोहण गर्ने योजनामा छिन् । त्यसपछि मकालु हिमालको आरोहण गर्ने उनको लक्ष्य छ ।

Your Opnion

//