३९ जनाको स्याङ्जामा भयो मृत्युको न्यायिक घोषणा - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

३९ जनाको स्याङ्जामा भयो मृत्युको न्यायिक घोषणा

फाइल तस्बिर

स्याङ्जा/ २० फागुन । भीरकोट नगरपालिकाका तेजबहादुर मल्ल विसं २०३५ सालदेखि वेखबर भए । युवा अवस्थामा घरबाट निस्केका उनी त्यसपछि कहाँ गए अहिलेसम्म परिवारले पत्तो पाउन सकेन।

उनका परिवारले ४५ बर्षसम्म उनी आउने बाटो र खबरको प्रतिक्षा गरिरहे । कहिं कतैबाट केही पत्तो पाउन नसकेपछि जिल्ला अदालत स्याङ्जामा पुगेर उनका दाजु यामबहादुर मल्लले मृत्युको न्यायिक घोषणाका लागि निवेदन दिए ।
परिवारबाट २०३५ सालदेखि घरबाट निस्केपछि हालसम्म फर्केर नआएकोले मृत्युको न्यायिक घोषणा गरिपाऊँ भन्ने निवेदनमा ‘मृत्युको न्यायिक घोषणा’ गर्ने निर्णय गरेको थियो।

त्यसपछि अदालतले आफनो प्रक्रिया पुरा गरेर तेजबहादुर मल्लको मृत्युको घोषणा गरिदियो । निवेदनका अनुसार बेखबर भएका मल्लको हालको उमेर ९६ बर्ष छ ।

हरिनास गाउँपालिकाका बाबुलाल सार्किको अवस्था पनि २०५० सालदेखि अज्ञात छ । पत्नी र छोरी घरमा छाडेर हिडेका उनका २० बर्षसम्म अत्तोपत्तो लागेन । त्यसपछि पत्नी नेत्रकुमारी सार्किले अदालत मार्फत मृत्युको न्यायिक घोषणाका लागि निवेदख दर्ता गराइन् ।

यसैगरी, अर्जुनचौपारी गाउँपालिकाका लीलाकुमारी पौडेलले पनि विस २०६२ सालदेखि बेपत्ता पतिको मृत्युको न्यायिक घोषणाको माग गरिन् ।

रोजगारका लागि भारत जान्छु भनेर हिडेका थीरलाल पौडेल १८ बर्षदेखि बेखबर रहेको बताइएको छ । अदालतले आवश्यक कानूनी पक्रिया पुरागरी मृत्युको न्यायिक घोषणा गरिदिएको स्याङ्जा अदालतका श्रेस्तेदार भूमिप्रसाद शर्माले जानकारी दिए ।

यी त केही उदाहरण मात्र हुन्। दिनहुँ जस्तो यस्ता मुद्धा लिएर अदालतमा धाउनेको संख्या बढ्न थालेको छ ।
सशस्त्र द्धन्द्ध वा अन्य कुनै कारणबाट लामो समयसम्म बेखबर भएपछि उनका परिवारले बेपत्ता वा न्यायिक घोषणाका लागि अदालत धाउन थालेका हुन ।

चालु आर्थिक बर्षको साउन यता (८ महिनाभित्र) मृत्युको न्यायिक घोषणा गर्ने ३९ जना रहेको नायब सुब्बा शोभाकान्त पौडेलले बताए । एक जनाको मृत्यु भने न्यायिक घोषणा बदर भएको उनले जानकारी दिए ।
मृत्युको घोषणाका लागि वडा कार्यालयदेखि, प्रहरी हुँदै अदालतसम्म आउने प्रक्रिया हुन्छ । त्यसपछि बल्ल अदालत मार्फत काम कारवाही अघि बढ्छ ।

धेरै बर्षसम्म अत्तो पत्तो पाउन नसक्नु र ज्यूँदो रहेको पनि मनन् गर्न नसकेपछि मृत्युको न्यायिक घोषणाका लागि अदालतमा पारिवारिक सदस्य आउने गरेका हुन्छन ।

मृत्युको घोषणापछि सम्बन्धित ब्यक्तिले आ आफना धर्म, संस्कार संस्कृति अनुरुपका काजकिरिया पाउनुका साथै पतीपत्नी छोराछोरी र दाजुभाइले पाउने अंशवण्डा, सहुलियत, भत्ता लगायतका अन्य कामकाज सहज बन्ने बताइएको छ । आँधिखोला न्युज

Your Opnion

//