वडाध्यक्षहरू मिलेर कुटे प्रमुख प्रशासकीय अधिकृत - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

वडाध्यक्षहरू मिलेर कुटे प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं/ १५ फागुन । रुपन्देहीको देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालाई वडाध्यक्षहरूले कुटपिट गरेका छन्।

सोमबार कार्यालय समयमा कार्यकक्षमै पुगेर वडा नम्बर १, ३, ४, ९, १०, ११ र १२ का अध्यक्षहरूले सापकोटामाथि हातपात गरेका हुन्।

हातपातपछि उनीहरूले प्रमुख प्रशासकीय अधिकृत सापकोटा र नगरप्रमुख ध्रुवप्रसाद खरेलको कार्यकक्षमा तालाबन्दी गरेका थिए। कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत बस्ने कुर्सी, टेबुल, सोफासमेत तोडफोड गरिएको छ।

सुरक्षाकर्मीले घेरेपछि थप क्षति हुनबाट जोगिएको नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले जानकारी दिए। कार्यविधिमा नगर खेलकुद विकास समितिको संयोजक नगरप्रमुखले तोक्ने व्यवस्थाअनुसार नगरप्रमुख खरेलले देवदह(७ निवासी खेलकुदप्रेमी कमल पाण्डेलाई संयोजक तोकेका छन्। संयोजक नगरप्रमुखले तोक्न नहुने अडानसहित वडाध्यक्षहरू आक्रोशित बनेको नगरप्रवक्ता डुम्रेले जानकारी दिए।

वडाध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृतलाई फोनमा पटक(पटक धम्क्याउने र कार्यकक्षमै पुगेर हातपात गर्ने घटनाले कर्मचारीहरूको मनोवल गिराएको नगरप्रवक्ता डुम्रेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

Your Opnion

//