संकलित कुहिने फोहोरबाट काठमाडौँ महानगरले कम्पोस्ट मल बनाउन सुरु गर्यो - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

संकलित कुहिने फोहोरबाट काठमाडौँ महानगरले कम्पोस्ट मल बनाउन सुरु गर्यो

फाइल तस्बिर

काठमाडौँ/ ८ फागुन । काठमाडौँ महानगरपालिकाले संकलित कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरु गरेको छ ।

महानगरका अनुसार २७ नम्बर वडाबाट संकलन गरिएको करिब १४ टन कुहिने फोहोरलाई टेकु ट्रान्सफर स्टेसनमा कम्पोस्टिङ सुरु गरिएको हो ।

फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरु गरिएको महानगरले बताएको छ ।

घरेलु फोहोर दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने कामको थालनी महानगरले २७ नम्बर वडाबाट सुरु गरेको थियो । ५ हजार जनसङ्ख्या रहेको २७ नम्बर वडामा १ हजार ४ सय घरधुरी छन् । जहाँबाट निस्कने कुहिने फोहोरको मात्रा दैनिक औसत ५ सय केजी छ ।

कुहिने फोहोरलाई एक हप्तामा एक पटक पल्टाएर कम्पोस्ट मल तयार गरिने बताइएको छ ।

Your Opnion

//