लिलाम बिक्री गर्दै भैरहवा भन्सार कार्यालय मोटरसाइकल र स्कुटर - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

लिलाम बिक्री गर्दै भैरहवा भन्सार कार्यालय मोटरसाइकल र स्कुटर

फाइल तस्बिर

काठमाडौँ/२९ माघ । भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीले दुइपाङग्रे सवारी साधन लिलाम बिक्री गर्ने भएको छ । भन्सार नियमावली, २०६४ को निमय ३५ ९१० बमोजिम गोप्य सिलबन्दी बोलपत्रद्वारा दुइपाङग्रे सवारी साधन लिलाम बिक्री गरिने भएको हो ।

चोरी निकासीरपैठारीको अभियोगमा भन्सार कार्यालयबाट जफत भएका मोटरसाइकल र स्कुटर सिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री गर्न लागिएको कार्यालयले जनाएको छ । इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाहरूले २१ दिनभित्र लिलाम बिक्रीमा सहभागी हुन सक्नेछन् ।

बोलपत्र पेस गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले न्यूनतम मूल्यमा नघट्ने गरी आफूले कबोल गरेको रकमको १० ९दश० प्रतिशतले हुने रकम राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्नुपर्नेछ ।

Your Opnion

//