लियोनल मेस्सीले लण्डनमा आयोजित एक कार्यक्रममा फिफा वर्ष खेलाडीको अवार्ड जिते - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

लियोनल मेस्सीले लण्डनमा आयोजित एक कार्यक्रममा फिफा वर्ष खेलाडीको अवार्ड जिते

  • इन्जिनियर्स पोष्ट न्यूज डेस्कJanuary 16, 2024
फाइल तस्बिर

काठमाडौँ  / २ माघ । लियोनल मेस्सीले फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् । हिजो राति लण्डनमा आयोजित फिफाको वार्षिक कार्यक्रममा मेस्सीलाई २०२३ कालागि वर्ष खेलाडीको उपाधि दिइएको हो ।

मेस्सीले केलियन एम्बाप्पे र इर्लिंग हालाण्डलाई पछि पार्दै फिफाको वर्ष खेलाडीको अवार्ड जितेका हुन् । मेस्सीले यस अघि २०२३ को बेलुन डो अर अवार्ड जितेपछि फिफा वर्ष खेलाडीको अवार्डसमेत जितेका छन् ।

उनले यसअघि २०१९ र २०२२ मा पनि फिफाको वर्ष खेलाडीको अवार्ड जितेका थिए । त्यस्तै स्पेनकी ऐटाना बोनमाटीले फिफा महिला वर्ष खेलाडीको अवार्ड जितेकी छन् । साथै म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले फिफाको वर्ष प्रशिक्षकको अवार्ड जितेका छन् ।

Your Opnion

//