एकल ऋण लगानीमा १० मेगावाटको जलविद्युत आयोजना सिटिजन्स बैंकले निर्माण गर्ने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

एकल ऋण लगानीमा १० मेगावाटको जलविद्युत आयोजना सिटिजन्स बैंकले निर्माण गर्ने

  • इन्जिनियर्स पोष्ट सम्वाददाताJanuary 5, 2024

 

काठमाडौँ  / २० पुस । सिटिजन्स बैँक इन्टरनेसनल लिको एकल ऋण लगानी गर्ने गरी प्रदेश नंं. १ को ईलाम जिल्ला साविक समलबुङ र जिर्मले गाविस (हालको सूर्योदय नगरपालिका र रोङ गाँउपालिका) मा निर्माण हुने सिद्घि हाइड्रोपावर कम्पनी लि. प्रवर्द्धक रहेकोे १० मेगावाट क्षमताको सिद्घि खोला जलविद्युत आयोजनामा प्रवर्द्धक कम्पनी र बैँकबीच पौष १९ गते बिहिबारका दिन वित्तीय व्यवस्थापनका लागि सम्झौतामा हस्ताक्षर भएको छ ।

बैंकका प्रमुख–कन्सोटियम/इन्फ्रास्ट्रक्चर बैंकिंग युनिटका रोशन मल्ल र कम्पनीका प्रबन्ध संचालक सन्तोशराज नेपालले हस्ताक्षर गरेका छन । परियोजनाको अनुमानित लागत करीब १ अर्ब ७३ करोड (निर्माण अवधीको व्याज बाहेक) मा बैंकले ७५:२५ को ऋण : स्वपुँजी अनुपातमा १ अर्ब २९ करोड बराबरको ऋण लगानी गर्नेछ भने निर्माण अवधीको व्याज सहित बांकी लागत प्रवर्द्धकहरुबाट स्वपुँजी जुटाइने छ । सो आयोजनाले आगामी २.५ वर्ष भित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ८.८०५ गिगावाट घन्टा र बर्षामा ४६.९११ गिगावाट घन्टा गरी बार्षिक ५५.७१६ गिगावाट घन्टा विद्युत उत्पादन गरिने बैकद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ९६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Your Opnion

//