एडभान्स कलेजको रिसर्च एण्ड ईनोभेसन युनिट अन्तर्राष्ट्रिय स्तरको छ : प्रा.डा. सङ्ग्रौला - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

एडभान्स कलेजको रिसर्च एण्ड ईनोभेसन युनिट अन्तर्राष्ट्रिय स्तरको छ : प्रा.डा. सङ्ग्रौला

प्रा. डा. दूर्गाप्रसाद सङ्ग्राैला

विसं २०३३ सालमा झापा अनारमनीस्थित महेन्द्ररत्न माविबाट प्रा.डा. दूर्गाप्रसाद सङ्ग्रौलाले एसएलसी पास गर्नु भएको हो । पुल्चोक क्याम्पसबाट ओभरसियर र तत्कालिन सोभियत सङ्घस्थित लेनिनग्राड पोलिटेक्निकल ईन्स्टिच्यूट मस्कोबाट सिभिल इन्जिनियरिङमा बि.ई. गर्नु भएको छ उहाँले । त्यसैगरि सन् १९९७ मा एन्टीएनयू नर्वेबाट मास्टर्स डिग्री गर्नु भएका सङ्ग्रौलाले सोही विश्वविद्यालयबाट हाइड्रोपावर र सेडिमेन्टेसन इन्जिनियरिङमा विद्यावारिधि गर्नु भएको छ ।

त्यसका अलावा उहाँले कुलेखानी जलासययुक्त हाइड्रोपावरको दिगोपनकालागि अनुसन्धान गर्नु भएको थियो । इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा ३२ वर्ष प्राध्यापन गर्नुभएका सङ्ग्रौला अध्ययन संस्थानको क्याम्पस प्रमुख भएर काम गरिसक्नु भएको छ । अहिले एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्टमा प्रिन्सपल हुनुहुन्छ । उहाँसँग इन्जिनियर्स पोष्ट  प्रतिनिधिले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत छ : –

  •  कलेज स्थापना गर्नुको मुख्य उद्देश्य के थियो ?

       इन्जिनियरिङ शिक्षा सरकारको तहबाट मात्र प्रदान गरिंदै आइरहिएको थियो । यो शिक्षाको विश्वब्यापी माग र नेपालमै पनि दक्ष प्राविधिक जनशक्तिको अभाव देखेर नै एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्ट स्थापना गरिएको हो । इन्जिनियरिङ तथा इन्भायरोमेण्ट म्यानेजमेण्टलगायतलाई दृष्टिगत गरि कलेज स्थापना भएको हो ।

  •  कुन कुन फ्याकल्टीमा पढाइ हुन्छ यहाँ ?

   इन्जिनियरिङको बि.ई. लेवलका सिभिलमा ९६ जना, कम्प्युटर इन्जिनियरिङमा ९६ जना, ईलेक्ट्रोनिक्स एण्ड ईन्फरमेशन इन्जिनियरिङमा ९६ जना र ईलेक्ट्रिकलमा ४८ जना विद्यार्थीहरु इन्जिनियरिङ अध्ययन संस्थान सङ्कायमा अध्ययनरत छन् । त्यसैगरि मानविकि संकायतर्फ ३२ जना विद्यार्थी बिसिए (ब्याचलर्स ईन कम्प्युटर एप्लिकेसन्स) मा अध्ययनरत छन् ।

  •  एडभान्स कलेज कुन विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालन भएको छ ? किन त्यहि विश्वविद्यालय रोज्नु भयो ?

     त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित कलेज हो । नेपालको पहिलो विश्वविद्यालय पनि भएको र नेपाल सरकारको स्वामित्व भएकाले पनि हामीले सम्बन्धन त्रिविसँग लिएका हौं । त्यसमा पनि हामीले एडभान्स कलेज सुरुगर्ने समयमा अन्य विश्वविद्यालय स्थापनाको चरणमै थिए ।

  •  यहाँबाट उत्पादन भएका विद्यार्थीको माग कहाँकहाँ छ ?

     यहाँबाट उत्पादित दक्ष प्राविधिक विद्यार्थीहरु विश्वबजारमा सानसँग काम गरिरहेका छन् र माग पनि सोही अनुपातमा छ । नेपालमै पनि सरकारी, निजी तथा आफ्नै कम्पनी स्थापना गरेर उच्च सफलता हाँसिल गरिरहेका छन् । नेपाल सरकारको उच्चपदमा पुगेर काम गरिहेको देखिन्छ ।

  •  इन्जिनियरिङ परिषदले लिने लाइसेन्स परिक्षामा यहाँबाट उत्पादन भएका कति विद्यार्थी पास हुन्छन् या सतप्रतिशत ?

     सतप्रतिशत नै पास हुन्छन् किन भने हामीले यहि देशको माटो, हावा, पानी अर्थात देशको भूगोल हेरेर पढाउँछौ । त्यसकारण पनि परिषदले लिने लाइसेन्स परिक्षामा यहाँका विद्यार्थी सहजै पास हुन्छन् । एकिन आँकडा नभएपनि प्रायजसो सबै विद्यार्थी पास भएको देखिन्छ ।

  •  एडभान्स कलेजमा कति प्रतिशत विद्यार्थीले छात्रवृत्तिको सुविधा पाउँछन् ?

     विश्वविद्यालयले तोकेको मापदण्डभित्र रहेर छात्रवृत्तिको व्यवस्था हामीहरुले गरेका छौं । हामीलाई प्राप्त कोटा अनुसार १० प्रतिशत छात्रवृत्तिको सुविधा छ । त्यसमा पनि महिलाहरुलाई छुट्टै छात्रवृत्ति दिने गरिएको छ ।

  •  कलेजको भौतिक पूर्वाधार तथा सुविधा के के छन् ?

    अन्तर्राष्ट्रिय स्तरको सुविधा छ । १६ रोपनी क्षेत्रफलमा फैलिएको कलेजको आफ्नै भूकम्प प्रतिरोधी भवन छ । अत्याधुनिक प्रयोगशाला, खेलकुदका लागि आफ्नै फुटसल, बास्केटबल, टेवुल टेनिस, क्रिकेटलगायतका खेलकुदको सुबिधा छ । हरियाली वातवरण र शान्त ठाउँमा कलेज सञ्चालित छ । भवनमा लिफ्टसमेतको सुविधा छ । स्वथकर खाजाका लागि कलेजको आफ्नै चमेना गृह छ । सबै भन्दा महत्वपूर्ण कुरा के हो भने रिसर्च एण्ड ईनोभेसन यूनिट अन्तर्राष्ट्रिय स्तरको छ, जहाँ अत्याधुनिक प्रविधिबाट अध्ययन र अनुसन्धान गरिन्छ । यसखालको सुबिधा सायदै अरु कलेजमा नहुन सक्छ ।

  •  भर्ना हुँदाको सङ्ख्या भन्दा पासआउट हुँदाको सङ्ख्या अर्को आउने गरेको देखिन्छ यसो हुनुको खास कारण के हो ?

    बडो असजिलो प्रश्न गर्नुभो । सत्य भन्नुपर्दा समग्रमा १० देखि २० प्रतिशतको हाराहारीमा विद्यार्थी फेल हुन्छन् । त्यसमा पनि विद्यार्थीमा मेहनतको कमी, राजनीतिक वातावरणबाट प्रेरित र अन्य चारित्रिक स्वभावका कारण त्यस्तो परिणाम आउँछ । तथापि थोरै मात्र मेहनत गर्ने र दृढ ईच्छाशक्ति हुने हो भने फेल हुने समस्या आउँदैन ।

Your Opnion

//