इन्जिनियरिङ्ग अध्ययन संस्थान स्नातक तह बि.ई. र बि.आर्कको प्रवेश परीक्षा स्थगित - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

इन्जिनियरिङ्ग अध्ययन संस्थान स्नातक तह बि.ई. र बि.आर्कको प्रवेश परीक्षा स्थगित

  • इन्जिनियर्स पोष्ट सम्वाददाताAugust 27, 2023
फाइल फाेटाे

काठमाडौँ / १० भाद्र । त्रिभुवन विश्व विद्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थानले यस बर्षबाट भर्ना हुने स्नातकतहका विद्यार्थीहरुलाई लागू हुने गरि आँगिक क्याम्पसको बि. ई. तथा बि. आर्क भर्ना शुल्कमा गरिएको समायोजनपश्चात् सरोकारवाला पक्षहरुबाट भएको ध्यानाकर्षणलाई हामीहरुले गम्भीररुपमा लिएको इन्जिनियरिङ्ग अध्ययन संस्थान डीनको कार्यालयले जनाएको छ ।

विसं. २०५४ सालमा पूर्णशुल्किय कार्यक्रम सुरुवात गर्दा कायम गरिएको भर्ना शुल्कमा सामान्य हेरफेरबाहेक २६ वर्ष यता शुल्कमा केही तात्विक परिवर्तन गरिएको छैन डीनको कार्यालयद्वारा जारी अछापे विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले दिंदै आएको विकास बजेटमा निरन्तर कटौती, बढ्दो विद्यार्थी संख्याको अनुपातमा अपुग शिक्षक कर्मचारीको तलबवृद्धि, बजारमा देखिएको मूल्यवृद्धि र मुद्रास्फीति इत्यादी कारणले इन्जिनियरिङ्ग अध्ययन संस्थानका आङ्गिक क्याम्पसहरुले चालू खर्चसमेत धान्न नसकिरहेको यथार्थ आज हामी सामु रहेको छ बिज्ञप्तिमा भनिएको छ ।

त्यस्तै कोभिड १९ को महामारीले ६ महिना पछाडि धकेलिएको इन्जिनियरिङ्ग अध्ययन संस्थानको शैक्षिक क्यालेण्डर व्यवस्थित गर्न आगामी मंसिर महिनाबाट नयाँ विद्यार्थीलाई अध्यापन सुरुगर्ने लक्ष्यसहित यसै वर्षदेखि अनिवार्य इन्टर्नशीपको व्यवस्था भएको नयाँ पाठ्यक्रम, विद्यार्थीलाई दिईदै आएको छात्रवृत्तिसहितको सुबिधामा अभिवृद्धि, तर्जुमा गरिएको पञ्चवर्षे योजना बमोजिम भौतिक संरचना तथा प्रयोगशालाहरुको निर्माण तथा स्तरोन्नती, अध्ययन(अध्यापनमा नवीनतम प्रविधिको अवलम्वन, विद्यार्थीहरुलाई अनुसन्धानात्मक कार्यमा आर्थिक सहयोग जस्ता कार्यक्रमहरु तय गरिएको प्राध्यापकरडीन डा. शशीधर राम शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सोही सन्दर्भमा त्रि वि इन्जिनियरिङ्ग अध्ययन संस्थानले मिति २०८० भाद्र ५ गतेदेखि सञ्चालन गरेको बि.ई.र बि. आर्क प्रवेश परीक्षा र सार्वजनिक गरेको भर्ना शुल्क सम्वन्धमा सरोकारवाला पक्षहरुबाट लिइएको चासो र विरोध ब्यक्त गरिएकाले सार्वजनिक गरिएको बि. ई.र बि. आर्क प्रवेश परीक्षा सम्वन्धि २०८० भाद्र १९ पछिका सम्पूर्ण पूर्व प्रकाशित कार्यतालिका अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गरिएको डीनको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Your Opnion

//