कर्णाली प्रदेशमा विस्तार भयो, नेपाल भ्यालुयर्स एसोसिएसन(NVA) - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

कर्णाली प्रदेशमा विस्तार भयो, नेपाल भ्यालुयर्स एसोसिएसन(NVA)

काठमाडौँ / ९ भाद्र । नेपाल भ्यालुयर्स एसोसिएसन कर्णाली प्रदेशको प्रथम अधिवेशन सुर्खेतस्थित वीरेन्द्रनगरमा हिजो शुक्रवार सम्पन्न भएको छ ।                      अधिवेशनले ई. हरि केसीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको छ । कार्यसमितिमा उपाध्यक्ष ई. महेश ढुङ्गाना, सचिव ई. सागर लम्साल, कोषाध्यक्ष ई. क्षेत्र बोहरा र सदस्यहरुमा ई. बालाराम तिवारी, ई. होमराज थापा, ई. ईश्वर विष्ट, ई. निराजन शाही, ई. रवीन महत, ई. पदमबहादूर थापा र ई. दिपक ढकाल छन् ।

त्यसैगरि अधिवेशनले ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकारहरुमा क्रमश: ई. जनकबहादुर शाही, ई. चेत अधिकारी, ई. लविनध्वज खाँण, ई. विनोद भट्टराई र ई. घनश्याम पाठक चयन भएका छन् ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कर्णाली प्रदेश प्रमुख बाबुराम कोइरालाले भ्यालुयर्स एसोसिएसनको कर्णाली प्रदेश स्तरिय समिति बन्नु सुखद भएको बताए । नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै घर-जग्गा मुल्याङ्कनमा अब एकरुपता आउनेमा आफू विस्वस्त रहेको बताए । कार्यक्रममा एसोसिएसनका केन्द्रीय उपाध्यक्ष ई. सञ्जय कुमार महतो, सचिव ई.अशोक सिलवाल र लुम्बिनी प्रदेश अध्यक्ष ई. यमलाल कँडेलले भ्यालुयर्स एसोसिएसनका समस्या र चुनौती बारे आआफ्ना धारणा राखेका थिए । त्यसैगरि कार्यक्रमको सभापतित्व नेपाल भ्यालुयर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष तथा बरिष्ठ ई. ऋषि कोइरालाले गरेका थिए ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष समेत रहेका ई. कोइरालाले भ्यालुयर्सहरुको पारिश्रमिक, घरजग्गा मूल्याङ्कनमा एकरुपता, घरजग्गा मूल्याङ्कनको एकिन तथ्याङ्क र मूल्याङ्कन गरि समाधानतर्फ भ्यालुयर्स एसोसिएसन देशैभरी सक्रिय रहको बताए । साथै भ्यालुयर्सहरुको क्षमता अभिवृद्धि गर्न बेलाबेलामा तालिम र सेमिनारहरु आयोजना गरिरहेको समेत कोइरालाले जानकारी दिए ।

उक्त अवसरमा नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै भ्यालुयर्स एसोसिएसनको मर्म बमोजिम कार्यसमितका पदाधिकारी तथा सदस्यहरु सक्रिय रहनेमा आफू ढुक्क रहेको बताए ।

त्यस्तै नेपाल भ्यालुयर्स एसोसिएसन लुम्विनी प्रदेशको नेपालगञ्जमा पनि मूल्याङ्कनकर्ताहरुका बीच एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा घरजग्जा मूल्याङ्कनमा आएका समस्या र समाधानका उपायबारे समीक्षा गरिएको एसोसिएसनका केन्द्रीय अध्यक्ष ई. कोइरालाले इन्जिनियर्स पोष्टसँगको संक्षिप्त कुराकानीमा बताएका छन् ।

Your Opnion

//