इन्जिनियरिङ्ग स्नातक तहमा भएको शुल्कवृद्धिका विरुद्ध भोली नेवि संघले बालुवाटार घेराउ गर्ने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

इन्जिनियरिङ्ग स्नातक तहमा भएको शुल्कवृद्धिका विरुद्ध भोली नेवि संघले बालुवाटार घेराउ गर्ने

  • इन्जिनियर्स पोष्ट सम्वाददाताAugust 26, 2023

काठमाडौँ / ९ भाद्र। नेपाल विद्यार्थी संघले एक विज्ञप्ति जारी गर्दै इन्जिनियरिङ्ग शिक्षा राष्ट्र निर्माण र विकासको मूल आधार हो भनेको छ । प्रत्येक वर्ष गुणस्तरिय इन्जिनियरिङ्ग अध्ययनको लागि विद्यार्थीहरु विदेशी शैक्षिक संस्थाको गन्तव्य तय गरिरहेका छन् । यस्तो विषम परिस्थितिमा इन्जिनियरिङ्ग अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्कवृद्धिप्रति नेवि संघले आन्दोलन गरिरहेको छ विज्ञप्तिमा भनिएको छ ।

नेवि संघले आन्दोलनको स्वरुप बालुवाटार घेराउ कार्यक्रम राखेको छ । सर्वसुलभ उच्च शिक्षा सम्पूर्ण नागरिकको अधिकार हो भने सर्वसुलभ एवम गुणस्तरिय शिक्षा राज्यको दायित्व पनि हो अध्यक्ष दुजाङ शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

इन्जिनियरिङ्ग शिक्षा महङ्गो हुँदा गरीब तथा जेहन्दार विद्यार्थीहरु अध्ययनबाट वञ्चित हुने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ- शुल्कवृद्धिको निर्णय निन्दनिय छ । शुल्कवृद्धिको विरोधमा विद्यार्थी नेता सुलभ चापागाईं केही दिनदेखि अनसनरत छन् । उनको जीवन रक्षाका निमित्त सरोकारवाला सबैमा अपिल गर्दै संघले ५ बुँदे माग अगाडि सारेको छ ।

माग कार्यान्वयन गराउन भोली बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटार घेराउकालागि नेवि संघले संघमा आवद्ध सबै विद्यार्थीलाई हार्दिक अपिल गरेको छ । नेवि संघ सिन्धुपाल्चोकका सचिव दिपेश खनालले बालुवाटार घेराउका लागि सबै विद्यार्थी साथिहरु तयारी अवस्थामा रहेको जानकारी दिए ।

Your Opnion

//