धरान समस्या : वार्ताबाट समाधान खोज्न मानव अधिकार आयोगको अपिल - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

धरान समस्या : वार्ताबाट समाधान खोज्न मानव अधिकार आयोगको अपिल

  • इन्जिनियर्स पोष्ट सम्वाददाताAugust 26, 2023

काठमाडौँ  / ९ भाद्र। राष्ट्रिय मानव अधिकार आयोगले धरानमा सामाजिक सद्भाव कायम राख्न आग्रह गर्दै वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।

धरान उपमहानगरपालिका क्षेत्रमा केही दिनअघि गोरु काटेको र मन्दिर अगाडि चर्च बनाएको विषयलाई लिएर स्थानीयले आज र्‍याली निकाल्ने तयारी गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवम् राजनीतिक हिंसा भड्किन सक्ने भन्दै आयोगले आफ्नो टोलीले अनुगमन गरिरहेको जनाएको छ ।

संवैधानिक व्यवस्थाका साथै संयुक्त राष्ट्र संघको बडापत्र, मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा नेपाल पक्ष राष्ट्र भएका महासन्धिका व्यवस्थाहरूलाई समेत आत्मसात गर्दै सामाजिक सद्भाव कायम गर्नुरगराउनु सबैको कर्तव्य हुन आउँछ, आयोगले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ, साम्प्रदायिक हिंसा भड्कन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन एवम् सामाजिक सद्भाव कायम राख्न आयोग सबै पक्षलाई अपिल गर्छ विज्ञप्तीमा भनिएको छ ।

Your Opnion

//