सारुकको अभिनय रहेको अन्तिम गितको भिडियो “माया” सार्वजनिक - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

सारुकको अभिनय रहेको अन्तिम गितको भिडियो “माया” सार्वजनिक

  • नवीन काफ्लेAugust 26, 2023

काठमाडौँ / ९ भाद्र। नायक सारुक ताम्राकारले अभिनय गरेको अन्तिम गितको भिडयो “माया” सार्वजनिक गरिएको छ। भदौ ७ गते काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा फिल्म ह्यासटयाग मायाका केही रहस्यहरु समावेश गरिएको गित सार्वजनिक गरिएको हो । फिल्म भने निर्माण नहुने भएको छ।

ह्यासटयाग# माया फिल्मको छायांकनको क्रममा नायक सारुक ताम्राकारले असार २१ गते आफ्नै घरमा आत्महत्या गरेका थिए । यो गितमा एसडी योगीको स्वर, राम अविरल बिष्टको शब्द र एसडीकै संगीत छ ।

गितको भिडियोमा सारुकसँगै निकिता आचार्य, महेश मगर, सागर परियारलाई देख्न सकिन्छ । राजिब गुरुङको कथा र निर्देशनमा तयार भएको भिडियोमा छायांकन उज्ज्वल जोशीले गरेका हुन भने शर्मिला थापाले यो गित निर्माण गरेकी हुन ।

भिडियोमा ह्यासटयाग# माया फिल्मको छायांकनका क्रमका केही दृश्यहरु पनि समेटिएको छ। साथै , भिडियोमा सारुक र निकिताको केमिस्ट्री देखाइएको छ ।

Your Opnion

//