विशाल शान्ति र सद्भाव र्‍याली इटहरीबाट धरानतर्फ सोझिंदै - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

विशाल शान्ति र सद्भाव र्‍याली इटहरीबाट धरानतर्फ सोझिंदै

  • इन्जिनियर्स पोष्ट सम्वाददाताAugust 26, 2023
फाेटाे : सामाजिक सञ्जाल

 

काठमाडौँ / ९ भाद्र । हिन्दुवादी धार्मिक संस्थाको अगुवाईमा निकालिएको सद्भाव र्‍याली इटहरीबाट धरानतर्फ जाँदै छ । धरानमा आज गर्ने भनिएको शान्ति र सद्भावका लागि सहभागी हुन ठूलो संख्यामा र्‍याली इटहरीबाट धरानतर्फ सोझिंदै छ। धरानमा तय भएको कार्यक्रम स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि इटहरीमा भेला भएका प्रर्दशनकारीहरू संगठीत भएर धरानतर्फ लागेका हुन्।

इटहरी मुख्य चोकबाट नाराबाजी गर्दै अघि बढेको र्‍याली इटहरीको हलगढा हुँदै आँपगाछीबाट अघि बढेको छ। हलगढामा पनि र्‍याली अघि नबढ्न प्रहरी परिचालन गरिएपनि त्यहाँ रोक्न सम्भव नभएपछि तरहरातर्फ अघि बढेको हो। तरहराको पानीपियाबाट अघि बढ्न नदिन भने ठूलो संख्यामा प्रहरी बिहानैदेखि परिचालन गरिएको छ। प्रदर्शनकारीले भने तरहरामा प्रहरीको घेरा तोडेर धरानमै पुगेर प्रदर्शन गर्ने अडान लिएका छन्। प्रहरीले भने तरहराबाट कुनै पनि हालतमा अघि बढ्न नदिने रणनीति बनाएको जनाएको छ।

र्‍यालीमा सहभागीले ‘गौ हत्या गर्न पाइँदैन, धर्म परिवर्तन गर्न पाईदैन, गौ हत्या गर्नेलाई कारबाही गर, गृहमन्त्री राजीनामा दे’ जस्ता नाराबाजी गरेका छन्।

धरानमा सद्भाव खल्बलिने भन्दै हिन्दूवादी धार्मिक संघसंस्थाहरूले आज गर्न लागेको कार्यक्रम तत्काल नगर्न सुनसरी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा बसेको सर्वपक्षीय छलफलले अपिल गरेको थियो। जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरेबाहेक सामूहिक रुपमा धार्मिक, राजनीतिक, सभा, र्‍याली–भेलालगायतका कार्यक्रम नगर्न–नगराउन निषेधाज्ञा जारी गरेको छ । आदेशको अटेर गरे स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।

 

Your Opnion

//