ईंगिहोपोको निर्देशनमा मदन पुरस्कार प्राप्त कृति दमिनी भीरमा आधारित नाटक मञ्चन हुँदै - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

ईंगिहोपोको निर्देशनमा मदन पुरस्कार प्राप्त कृति दमिनी भीरमा आधारित नाटक मञ्चन हुँदै

  • नवीन काफ्लेAugust 26, 2023

काठमाडौँ / ९ भाद्र। नेपालमा पछिल्लो समय बिभिन्न कृतिमा आधारित नाटकहरु बन्नेक्रम जारी छ । तर, नाटक हेर्ने दर्शक भने सीमित मात्रामा छ्न् । कतिपयलाई नाटकको विषयमा थाहै छैन । थाह हुनेहरू पनि नाटकघर हुन्छ र नाटक मञ्चन नाटकघरमै हुन्छ भन्दा अनौठो मान्छ्न् ।

पहिलेको तुलनामा अहिले नाटक हेर्ने दर्शक केही मात्रामा बढेको पाईन्छ । नाटक धेरै कमाइ हुने काम होइन । तथापी नाटकले मानिसको हरेक बौद्धिक तथा मानिसक क्षमताका साथै अभिनयको दुनियाँमा जीवन्त कलाको विकास गर्छ । नाटक बनाउने, नाटकमा अभिनय गर्ने काम साँच्चिकै चुनौतीपूर्ण र कठिन छ । यो चुनौतीलाई सहर्ष स्वीकार गर्दै रङ्गकर्मीले नाटकलाई निर्देशन गरेका हुन्छन् ।

नाटक निर्देशन तथा परिकल्पना रङ्गकर्मी ईंगिहोपो काइच सुनुवारले गरेका छन् । यो उनको पहिलो निर्देशन हो । नाटक प्रदर्शनको लागि अहिले धमाधम तयारी हुँदैछ। नाटक २०६९ सालमा मदन पुरस्कार प्राप्त कृति दमिनी भीरमा आधारित छ । उक्त कृतिका लेखक राजन मुकारुङ हुन् ।

समता फाउण्डेसन र नेपाल दलित तथा साहित्य प्रतिष्ठानको संयुक्त सहकार्यमा नाटक प्रस्तुत हुनेछ ।

नाटक मञ्चन २०८० भदौ २२ देखि असोज १० गतेसम्म मण्डला नाटक घर, थापागाउँमा हुनेछ ।

Your Opnion

//