ब्रिक्स शिखर सम्मेलनमा रुसी राष्ट्रपति पुटीनले भिडियो सम्बोधन गरेका छन् - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

ब्रिक्स शिखर सम्मेलनमा रुसी राष्ट्रपति पुटीनले भिडियो सम्बोधन गरेका छन्

  • इन्जिनियर्स पोष्ट न्यूज डेस्कAugust 23, 2023
फाेटाे स्राेत : द गार्जियन

काठमाडौँ / ६ साउन । मङ्गलबारदेखि भारत, चीन, दक्षिण अफ्रिका, रूस र ब्राजिल सम्मिलित ब्रिक्सको शिखर सम्मेलन सुरू भएको छ ।

दक्षिण अफ्रिकाले आयोजना गरेको उक्त सम्मेलनमा अरू देशका शीर्ष नेता सहभागी भए पनि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भने उपस्थित भएका छैनन् ।

उनले मंगलबार सम्मेलनलाई भिडिओबाट सम्बोधन गरेका थिए ।

द न्युयोर्क टाइम्सले जनाए अनुसार पक्राउ पर्ने डरले पुटिन दक्षिण अफ्रिका नगएका हुन्। सन् २०२२ मा छिमेकी युक्रेनमाथि आक्रमण गरेका पुटिनलाई अहिले अन्तर्राष्ट्रिय अपराध अदालत (आइसिसी)ले पक्राउ पुर्जी जारी गरेको छ। दक्षिण अफ्रिका आइसिसीको सदस्य राष्ट्र हो। पुटिन आफ्नो भूमिमा हुँदा उनलाई पक्रनु दक्षिण अफ्रिकाको दायित्व हुन आउँछ ।

त्यही कारणले हुनसक्छ पुटिन ब्रिक्स सम्मेलनमा भौतिक रूपमा उपस्थित नभएका । शिखर सम्मेलनका लागि दक्षिण अफ्रिका पुगेका चिनियाँ राष्ट्रपति सी जिनफिङले उद्घाटन सत्रमा सम्बोधन गरेनन् । दक्षिण अफ्रिकाको औपचारिक भ्रमणमा रहेका सीले समकक्षी सिरिल रामाफोसासँग दुई पक्षीय वार्ता गरेका छन् ।

तर, सीले किन ब्रिक्समा सम्बोधन गरेनन् भन्ने कुरा खुलाइएको छैन।

Your Opnion

//