भारतको सबैभन्दा जेठो हात्ती बिजुलीप्रसादको मृत्यू : एएफपी - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

भारतको सबैभन्दा जेठो हात्ती बिजुलीप्रसादको मृत्यू : एएफपी

  • इन्जिनियर्स पोष्ट सम्वाददाताAugust 22, 2023
फोटो श्रोत: गुगल

काठमाडौँ / ५ भाद्र । भारतको गुवाहाटीमा सबैभन्दा जेठो हात्ती ८९ वर्षको उमेरमा मृत्यु भएको छ । विश्वको सबैभन्दा बूढोमध्येको एक हो यो हात्ती ।

पूर्वी राज्य आसामको सोनितपुर जिल्लामा अवस्थित चिया बगानमा उक्त हात्तीको मृत्यु भएको हेरचाहमा खटिएका कर्मचारीले एएफपीलाई बताएका छन् ।

एक बेलायती किसानले सन् १९४० मा चिया बगानमा काम गर्न ल्याएको हात्तीलाई पाँच वर्ष अघिसम्म काममा लगाइएको थियो । बिजुलीप्रसाद नामको उक्त हात्तीका सबै दाँत झरेकाले उसलाई पछिल्लो समय चामल र भटमास पकाएर खुवाइने गरिएको समाचारमा उल्लेख छ ।

त्यहाँका पशु चिकित्सक कुशल कोंवर सरमानले भने अनुसार हात्तीको औसत उमेर ८० वर्ष हो । पर्याप्त प्राकृतिक आहारको अभावमा बिजुलीप्रसादको ज्यान गएको हुन सक्ने सरमानको अनुमान छ । उसको मृत्यू सोमबार बिहान भएको थियो ।

एएफपी

Your Opnion

//