डेंगी फैलन नदिन लार्भा नस्ट गर्न वायो लार्भिसिद ( bio larvicide ) छर्कदै काठमाडौँ महानगर - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

डेंगी फैलन नदिन लार्भा नस्ट गर्न वायो लार्भिसिद ( bio larvicide ) छर्कदै काठमाडौँ महानगर

  • इन्जिनियर्स पोष्ट सम्वाददाताAugust 22, 2023
फोटोको स्रोत : बालेन शाहको फेसबुक पेजबाट लिइएको हो ।

काठमाडौँ / ५ भाद्र । वायो लार्भिसिद जैविक औषधी हो । यसले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादि होइन । औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ । औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ ।

महानगरले पहिलो पल्ट यससँगै डेङ्गी रोगको बारेमा परामर्श दिन नि:शुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा ल्याएको छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर नि:शुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था पनि महानगरपालिकाले मिलाएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको महानगरले जनाएको छ ।

Your Opnion

//