निर्माण व्यवसायीमाथि निर्मम ढङ्गले प्रस्तुत भयो कञ्चन गाउँपालिका, ५ सयदेखि ५ हजारसम्म जरिवाना - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

निर्माण व्यवसायीमाथि निर्मम ढङ्गले प्रस्तुत भयो कञ्चन गाउँपालिका, ५ सयदेखि ५ हजारसम्म जरिवाना

  • इन्जिनियर्स पोष्ट सम्वाददाताAugust 21, 2023
फाइल फोटो

काठमाडौँ / ४ भाद्र । रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकाले समयमै काम पूरा नगर्ने निर्माण कम्पनीलाई जरिबाना गरेको छ ।

निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगर्ने, काम पर धकेल्ने र योजनाको लागत बढाउने गरेको गुनासो आइरहेका बेला समयमा काम सम्पन्न नगर्ने कम्पनीलाई जरिबाना गरिएको हो ।

कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले पालिकाको पछिल्लो विकास निर्माणको सक्रियताले कञ्चन गाउँपालिका आर्थिक अनुशासन र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको बाटोमा अघि बढेको बताएका छन् ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले समयमै काम सम्पन्न नगर्ने प्रवृत्तिविरुद्ध पालिका निर्मम ढङ्गले प्रस्तुत हुने बताए ।

छ वटा निर्माण कम्पनीलाई पहिलो पटक भएकाले पाँच सयदेखि पाँच हजारसम्म जरिबाना गरिएको हो ।

Your Opnion

//