त्रिभुवन विमानस्थल धावनमार्गमा अड्कियो एयर इन्डियाको जहाज - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

त्रिभुवन विमानस्थल धावनमार्गमा अड्कियो एयर इन्डियाको जहाज

  • इन्जिनियर्स पोष्ट सम्वाददाताAugust 15, 2023
फाइल फोटो

 

काठमाडौँ / ३० साउन । एयर इन्डियाको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अड्किएको छ । दिल्लीबाट काठमाडौँ उडान भर्दै आएको उक्त जहाजको ह्वील लक भई धावन मार्गमै अड्किएको बताइएको छ ।

धावन मार्गमा उक्त जहाज अड्किएपछि ५७ मिनेटसम्म उडान र अवतरण नै अवरुद्ध भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका अनुसार त्रिभुवन विमानस्थलमा अवतरणका लागि आएका जहाजहरुलाई केही बेर आकाशमै होल्ड गराइएको थियो ।

जहाजलाई रनवेबाट ट्रयाक्टरले तानेर हटाइँदै छ । जहाजमा १७९ यात्रु सवार हुन लागेका थिए ।

Your Opnion

//